
वीरगंज। वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निरज चौलागाईंको नेतृत्वमा गएको टोलिले बेश्यावृत्तिमा संलग्न १२ जना लाई पक्राउ गरेको छ।
अनैतिक क्रियाकलाप भईरहेको विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निरज चौलागाईं नेतृत्वको प्रहरी टोलिले बेश्यावृत्तिमा संलगन १२ जना लाई पक्राउ गरेको हो।
पर्साको वीरगन्ज महानगरपालिका वडा नं १६ ईनर्वा भन्सार वरिपरी रहेको होटलहरूमा बेश्यावृत्ति गरिरहेका ७ जना महिला र ५ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका ७ सातै जना महिला र ५ पाँचै जना पुरुषको नाम प्रहरीले गोप्य राखेको वड प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निरज चौलागाईंले जानकारी दिए।
आफ्नो प्रतिक्रिया दिनुहोस