
अभिलाष गुप्ता
बिरगंज पर्साबाट प्रहरीले भन्सार छलीका आशंकामा ९० लाख मूल्य बराबरका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा बीरगन्ज महानगरपालिका वडा नम्बर ८ स्थित घण्टाघर चोकबाट सामानसहितको ट्रक नियन्त्रणमा लिएको हो ।
बीरगन्जबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ३ ख ७९१९ नम्बरको मालवाहक ट्रक रोकेर जाँच गरेको थियो । सोही क्रममा ट्रकमा लोड रहेका औषधीहरुको बिल बिजक शंकास्पद देखिएकाले पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।
ट्रकबाट ९० लाख ३७ हजार ६१० रुपैँया बराबरका औषधीहरु बरामद गरेको उनले बताए । बरामद सामानसहित ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस