वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा सङ्घको एक शिष्ट मण्डलले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग उहाँकै कार्यकक्षमा भेटघाट तथा छलफल

काठमाण्डौं, १२ चैत्र/
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा सङ्घको एक शिष्ट मण्डलले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग उहाँकै कार्यकक्षमा भेटघाट तथा छलफल गरेको
छ ।

छलफलका क्रममा सङ्घका अध्यक्ष डा. गुप्ताले औद्योगिक सुरक्षा बलको पुनः स्थापना हुनुपर्ने, सीमा सुरक्षा बैठकको निरन्तरता दिनु पर्ने, वीरगञ्जमा सञ्चालित सिसिटिभी परियोजना संचालनका लागि कोषको व्यवस्थापन राज्यको तर्फबाट गरिनुपर्ने तथा उक्त परियोजनामा दक्ष जनशक्तिको परिचालन गरिनुपर्ने, एउटा निश्चित सीमाभित्र नगद रकम ओसारपसारमा कुनै किसिमको हस्तक्षेप नहुनुपर्ने, डिजिटल सेक्युरिटी विङ्गको स्थापना गर्ने, स्थानीयस्तरमा रहेका अपराधीहरुलाई कारागार स्थानान्तरण गर्नुपर्ने, मालवाहक सवारीसाधनलाई चेकजाँच गर्ने निकाय हुँदाहुँदै प्रहरी प्रशासनबाट विभिन्न बहानामा दुःख दिने गरिएको कार्यलाई बन्द गरिनुपर्ने लगायतको सुझाव दिनुभयो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले वीउवासङ्घबाट प्रस्तुत शान्ति सुरक्षा सम्बन्धी सुझावहरुलाई आपूmले गम्भीरतापूर्वक लिएको बताउनुभयो । उहाँले मुलुककै शान्ति सुरक्षाप्रति आफु सम्वेदनशील रहेको बताउनुहुँदै आपूm पनि डिजिटल सेक्युरिटीका पक्षपाती भएकोले डिजिटल पोलिसिङ्गको नीति लिएको र वीरगञ्जमा सञ्चालित सिसिटिभी परियोजनाको लागि दक्ष जनशक्तिको प्रबन्ध गर्ने बताउनुभयो । साथै उहाँले सीमांचल क्षेत्रको शान्ति सुरक्षा आफु गम्भीर रहेको बताउनुहुँदै व्यवहारिक एवम् नीतिगत समस्याहरुलाई समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भेटघाटको क्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयल, कार्यसमिति सदस्य सुनिलकुमार खेतान, सुमन क्याल, नरेश टिबडेवाल, अंकित खेतान, राजेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close