वीरगन्जका अग्रज पत्रकार सरोज खड्काको निधन

वीरगन्जका अग्रज पत्रकार सरोज खड्काको निधन

वीरगन्जका अग्रज पत्रकार सरोज खड्काको निधन भएको छ ।वीरगन्जको पत्रकारितामा झण्डै साढे तीन दशकदेखि सकृय रुपमा रहेका खड्काको ६२ वर्षको उमेरमा सोमबार राति निधन भएको हो। वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मुर्लीको नयाटोलस्थित आफ्नै निवासमा सोमबारराति खड्काको निधन भएको हो।

विगत केहिमहिनादेखि अस्वस्थ रहेका खड्का नारायणी अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराएपछि हाल घरमै रहेर स्वास्थ्यलाभ लिइरहेका थिए ।

खड्काको मंगलबार बिहान वीरगन्ज–१० अशोकवाटिकास्थित श्मशानघाटमा अन्तिम दाहसंकार गरिएको छ। खड्काका दुई छोरा, दुई छोरी र श्रीमती छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close