मानव बेचबिखनमा संलग्न २ व्यक्ति नियन्त्रणमा ।

बिरगंज , साउन १३ गते बुधबार ।

झापा जिल्लाबाट एक जना १६ वर्षीया बालिका र १ जना २० वर्षीया युवती गरी २ जनालाई भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा पुर्‍याई बेचबिखन भइरहेको भन्ने सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय झापाबाट मंगलवारका दिन खटिएको टोलीले भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी उल्लेखित पीडित बालिका तथा युवतीको उद्धार गरी निजहरूलाई सोधपुछ गर्दा निम्न व्यक्तिहरूले निजहरूलाई विश्वासमा पारी “पर्साको बीरगञ्ज शहरमा पुर्‍याई अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने” प्रलोभन देखाई बीरगञ्ज बसपार्कसम्म ल्याई काम गर्ने ठाउँसम्म पुर्‍याउने भनी झुक्याई भारतको बिहार राज्यको छौँडादानो भन्ने स्थानमा लगी मोबाइल फोन खोसी एक कोठामा राखी भारतकै अन्य स्थानमा पठाउने तयारी भइरहेको खुल्न आएको हुँदा निजहरूलाई झुक्याई बेचबिखन गर्ने उद्देश्यले लैजाने कार्यमा संलग्न निम्न दुई जना महिलालाई मंगलवारका दिन बी.म.न.पा.१६ इनर्वास्थित नेपाल-भारत सीमानाबाट नियन्त्रणमा लिई सम्मानित पर्सा जिल्ला अदालतबाट आज बुधबार ७ (सात) दिनको म्याद थप गरी मानव बेचबिखन कसूरमा अनुसन्धान अगाडि बढाइएको झापा प्रहरीले जनाएको छ , साथै उल्लेखित मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न अन्य तीन जना व्यक्ति फरार रहेकोले तदारुकताका साथ खोजतलास भइरहेको समेत पर्सा प्रहरीले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close