वीरगन्जको आदर्शनगरमा रुंगटा वेल फेयर साेसाइटीद्वारा २०० जनालाई कम्बल वितरण

वीरगन्जको आदर्शनगरमा रुंगटा वेल फेयर साेसाइटीद्वारा २०० जनालाई कम्बल वितरण

राहुल गुप्ता
वीरगन्जमा शनिबार रुंगटा वेलफेयर साेसाइटीले विपन्न,असहाय र अल्पसंख्यक समुदायका २ सयलाई कम्बल वितरण गरेकाे छ।

वीरगन्ज-१० आदर्शनगरस्थित ग्रिन सिटी सिटी सामुदायिक सेवा केन्द्रकाे प्रांगणमा वीरगन्ज महानगरमा रहेकाविपन्न,असहाय र अल्पसंख्यक समुदायका २ सयलाई कम्बल वितरण गरिएको हाे।

अहिले चिसाे माैसम र शीतलहरमा प्रभावित महानगरका विभिन्न टाेलका विपन्न,असहाय र अल्पसंख्यक समुदायका २ सयलाई कम्बल वितरण गरिएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए।

उक्त कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,रुंगटा वेल फेयर साेसाइटीका अध्यक्ष मुरलीधर रुंगटा,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामी,प्रहरी नायब उपरीक्षक किशाेर लम्साल,प्रहरी निरीक्षक निराेज चाैलागाई,वीरगन्ज महानगरपालिकाका सरसफाई व्यवस्थापन महाशाखा प्रमुख सर्फुदिन मियाँ,महेशसिंह धामी,दिलिपराज कार्की लगायतकाकाेपनि सहभागीता थियाे।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close