अवैध हतियार सहित सिंह पक्राउ ।

बिरगंज , मंसिर ०९ गते मंगलवार ।

पर्सा प्रहरीले अबैध हतियार सहित एक जनालाई आज पक्राउ गरेको छ । जिल्ला सर्लाही बलरा नं.पा.वडा नं.१० सुदामा घर भई हाल जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.११ स्थित दुर्गा टोल बस्ने बर्ष ४९ को जितेन्द्र प्रसाद सिंहले आफ्नो घरमा अवैध हात-हतियार लुकाइ छिपाइ राखेको छ भन्ने विशेष सूचनाको अाधारमा आज साझ ७ बजे जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय श्रीपुर तथा विर्ता पर्साबाट खटि गएको प्रहरी टोलीले निज जितेन्द्र प्रसाद सिंहको घर रितपूर्वक खानतलासी गर्दा स्टील दराजको Safe Box भित्र 7.65 mm को गोली राउण्ड ४ म्यागजिनमा लोड गरी राखिएको म्यागजिन थान-१, पेस्तौल थान-१ र मानिसलाई बेहोस पार्ने Anaesthetic Ether I.P. 500 ml को १ बोत्तल तथा निज जितेन्द्र प्रसाद सिंह समेतलाई नियन्त्रणमा लिइ प्रहरी कार्यालयमा ल्याइ अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरिले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close