
राहुल गुप्ता
मित्र रास्ट्र भारतकाे ७६ औँ गणतन्त्र दिवसकाे अवसरमा नारायणी कला मन्दिर, भरतपुर, चितवनमा आज राजस्थानी लाेक नृत्यकाे आयाेजना गरिएको छ । भारतीय सांस्कृतिक सम्बन्ध परिषद्, नयाँ दिल्ली द्वारा प्रायोजित मोहम्मद इलामदिनको नेतृत्वमा १२ सदस्यीय राजस्थानी लाेक नृत्य समूहले “कालबेलिया नृत्य” को आकर्षक नृत्य प्रस्तुत गरेका छन । भारतीय राजदुतावास, काठमाडौँ तथा भारतकाे महावाणिज्य दूतावास, बीरगंज (नेपाल) द्वारा स्वामी विवेकान्नद सांस्कृतिक केन्द्र, काठमाडौँकाे सहयाेगमा सो नृत्य प्रस्तुत गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि रहेका बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले नेपाक र भारतको सम्बन्ध अटुट रहेको बताएका छन । दुबै देशको समाजिक , संस्कृत एक रहेकोले एक अर्का लाई सम्मान गर्दै अगाडि बढ्नु पर्ने बताए ।
उक्त कार्यक्रममा भारतकाे महावाणीज्य दूत देवी सहाय मिनाले भारत र नेपाल बिच अनादि काल देखी रही आएकाे अत्यंय घनिष्ट तथा मैत्री पुर्ण सम्बन्धमा प्रकाश पार्दै, दुवै देशकाे साझा सांस्कृतिक, धार्मिक र सामिजिक विरासत रहेकाे बताउनुभयाे ।
सो कार्यक्रममा उधाेग वाणिज्य संघ, नारायणगढ (चितवन), नेपाल भारत मैत्री संघ, चितवनका अध्यक्ष तथा विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधि पूर्व भारतीय सैनिक पत्रकार आदि सहित करिब ३०० जनाकाे उपस्थिति रहेकाे थियाे ।
कालबेलिया लाेक नृत्य भारतकाे राजस्थान राज्यकाे एक विश्व प्रसिद्ध लाेक नृत्य शैली हाे । याे लाेक नृत्य कालबेलिया समुदायकाे पारम्परिक जिवन शैलीकाे एक अभिवयक्ति हाे । याे लाेक नृत्य वर्ष 2010 मा UNESCO काे मानवता काे अमूर्त सांस्कृतिक विरासतकाे प्रतिनिधि सूचीमा सूचिवद्ध छ ।
कार्यक्रम मा सांस्कृतिक प्रदर्शनहरूले भारतको विविध सम्पदाको सारलाई प्रतिबिम्बित गर्नुका साथै भारत र नेपाल बीचको जीवन्त सांस्कृतिक आदानप्रदानलाई पनि प्रदर्शन गरिएको थियो ।





