सरस्वती पूजा व्यवस्थित एवं मर्यादित हिसाबले मनाउन जिप्रका पर्साको अनुरोध

सरस्वती पूजा व्यवस्थित एवं मर्यादित हिसाबले मनाउन जिप्रका पर्साको अनुरोध

राहुल गुप्ता 
वीरगन्ज ।सरस्वती पूजा व्यवस्थित एवं मर्यादित हिसाबले मनाउन जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ।भोली मिति माघ २१ गते सरस्वती पूजाको कार्यक्रम व्यवस्थित एवं मर्यादित हिसाबले मनाउन जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुचना जारि गर्दै अनुरोध गरेका हुन।

मूर्ति विसर्जनका क्रममा उत्तेजक कृयाकलापहरु नगर्नु नगराउनु हुन अनुरोध गर्दै साथघ मूर्ति विसर्जनको कार्य साझ ६ बजे अगाडी नै गरी सक्नुहुन एवं चर्को आवाजमा डि.जे. बजाउने लगायतका कार्यहरु समेत नगर्ने/नगराउने व्यवस्थाका लागी सरस्वती पूजक व्यक्ति,समुदाय, संघसंस्था सहित सम्पूर्ण सरोकारवालाहरुमा जिल्ला प्रशासन कार्यालय,पर्साका प्रमुख अर्यालले अनुरोध गरेका हुन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close