कर्जा असुलीका नाममा ऋणीहरुलाई अनावश्यक तनाव नदिन पर्साका बैंकर्सहरुलाई सिडिओको निर्देशन

कर्जा असुलीका नाममा ऋणीहरुलाई अनावश्यक तनाव नदिन पर्साका बैंकर्सहरुलाई सिडिओको निर्देशन

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पर्सा जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो सेवा प्रवाह अझ सहज र सेवाग्राहीमैत्री बनाउन निर्देशन दिएका छन् ।

बुधबार वीरगन्जको आदर्शनगरस्थित नेपाल राष्ट्रय बैंकको सभाकक्षमा आयोजित पर्सा जिल्लाका बैंक तथा वित्तिय संस्थाको सेवा प्रभावकारी बनाउने विषयक अन्तरकृया कार्यक्रममा सहभागी वीरगन्जसहित पर्सा जिल्लाभर रहेका बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुख र प्रतिधिनीहरुलाई निर्देशन दिदै प्रमुख जिल्ला अधिकारी अर्यालले भने,‘ बैंकहरुको सेवा प्रवाहकमा अनेकन झन्झट र सेवाग्राहीलाई हैरानी दिने काम भइरहेको गुनासा आएका छन् । त्यसकारण बैंकहरुले आफना सेवालाई सेवाग्राहीमैत्री बनाउन जरुरी छ । सेवा अझ सहज बनाउनु होला ।’

उनले बैंकबाट हुने कर्जा प्रवाहका प्रकृया, कर्जा असुली प्रकृया,धितो लिलाम गर्ने प्रकृया लगायतका सेवाहरु पारदर्शी बनाउनपनि निर्देशन दिए । कर्जा असुली र कर्जा तिर्न नसकेका ऋणीहरुको धितो लिलामी गर्दा बैंकका कर्मचारीले अतिरिक्त दुःख दिने काम गरिरहेको जनगुनासो बढेको भन्दै उनले भने,‘ऋणीलाई नांगेझार पारेर कर्जा असुली गर्नुपनि त्यति ठिक होइन जस्तो लाग्छ । धितो लिलाम गर्दापनि सकभर ऋणीको मर्कालाई बैंकले बुझिदिनु पर्छ । यीसब कुरामा बैंकका कर्मचारीले ध्यान राख्नु होला ।’

बैंकका कर्मचारीहरुलाई निर्देशन दिदै प्रमुख जिल्ला अधिकारी अर्यालले भने,‘ ब्याज वा किस्ता असुलीका नाममा बैंकका म्यानेजरले आफ्ना कर्मचारी पठाएर मृत्यसंस्कारमा बसेका,वैवाहिक समारोहमा व्यस्त भएका ऋणीहरुको फोटो खिचेर ल्याउन लगाउने,ऋण कारोबारीको पसल,उद्योग वा फर्ममा सिधै ताल्चा मार्न लगाइ दिने,गाडीको चाबी खोसिदिने जस्ता हर्कत जायज छैन । ऋणीलाई ऋणीको रुपमा मात्र नभई उसको सामाजिक हैसियतलाई बैंकले बुझिदिनुपर्छ ।उसलाई थप समय दिन सकिन्छ।’

प्रमुख जिल्ला अधिकारी अर्यालले ऋणीबाट कर्जा असुल्न बैंकलाई समस्या भएको अवस्थामा ऋणीलाई बोलाएर संवाद र छलफलका माध्यमबाटपनि समस्या सुल्झाउन सकिने बताए । उनले भने,‘ कर्जा असुलीका लागि ऋणीलाई अनावश्यक टर्चर दिदाँ कहिलेकाँही उसले आफना लागि एकदमै अप्रिय निर्णयपनि लिनसक्ने खतरा रहन्छ । यो कुरालाई पनि ख्याल राख्नु होला।’

वीरगन्जस्थित नेपाल राष्ट्र बैंकका निर्देशक सुशील पौडेलको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी अर्यालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा जिल्लामा रहेका ९३ वटा बैंक तथा वित्तीय संस्थाका शाखाका प्रबन्धक,प्रतिनिधीहरुको सहभागीता थियो ।
कार्यक्रममा भूमी समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद,पर्सा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरेराम पटेल,पर्साका उपरीक्षक गौतम मिश्र,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,गैसस महासंघ पर्साका अध्यक्ष छठु साह लगायतकाकोपनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close