नेपाल भाषा पठाउन माग गर्दै ज्ञापनपत्र पेश

नेपाल भाषा संरक्षण अभियानले विद्यालयस्तरमा स्थानीय मातृभाषा (नेपाल भाषा) को विषय अनिवार्य अध्यापन गराउन माग गर्दै मध्यपुरथिमि नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

नगरपालिकाको विद्यालयस्तरमा स्थानीय मातृभाषाको विषय अनिवार्य अध्यापन गराउनु पर्ने माग गर्दै नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई नेपाल भाषा संरक्षण अभियानका संयोजक कृष्णकाजी मानन्धर, सदस्यहरु नवीनप्रकाश श्रेष्ठसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

नगर प्रमुख श्रेष्ठले ज्ञापनपत्र बुझ्दै आगामी असार ७ गतेदेखि शुरु हुने मध्यपुर थिमिको नगर परिषद्को बैठकमा यसलाई प्रस्तावको रुपमा पेश गरी अगाडि बढाउने बताए । ratopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close