सशस्त्र प्रहरी बल,पर्साद्वारा १ नाल Air gun सहित ब्यक्ति नियन्त्रणमा

सशस्त्र प्रहरी बल,पर्साद्वारा १ नाल Air gun सहित ब्यक्ति नियन्त्रणमा

राहुल गुप्ता
सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म विरगंजले भन्सार मेनगेटबाट चेकजाँच गर्ने क्रममा भारत स्थित ज कोलकत्ता पोष्ट अफिस खिदिरपुर घर भई जिल्ला ललितपुरमा कोठा भाडामा लिई फर्निचरमा काम गर्ने ३४ वर्षीय मिम्मर हुसेन लाई पक्राउ गरिएको छ।

पक्राउ परेका हुसेन ले हातमा बोकेर ल्याउँदै गरेको अवस्थामा मोडल नं. M35 को Air gun नाल १ र उक्त गनमा प्रयोग हुने गोली ८२ गोटा सहित नियन्त्रणमा लिएको सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी गराएका छन ।

पक्राउ परेका हुसेनलाई आवश्यक कार्वाही तथा अनुसन्धानका लागि प्रहरी चौकी ईनरुवामा बुझाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close