
ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा स्वतन्त्र विधार्थी यूनियन (स्ववियु) निर्वाचन यहि चैत्र ५ निर्वाचन सम्पन्न भएको थियो ।सम्पन निर्वाचन पश्चात मतगणनाको क्रममा मतपेटिकाको शिल नंवर नै फरक फरक परेपछि समस्या उत्पन्न भइ १० दस विधार्थि संगठन विरोध जनाउदै पुनं निर्वाचनको माग गर्दै आएको थियो।

ठाकुर राम बहुमूखी क्याम्पसको स्ववियु निर्वाचनको रोकिएको मतगणना सुचारु गराउनको निमित्त मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा विधार्थि र जिल्ला सुरक्षा समिती बिच सहमतिमा मतगणना हुने जानकारी गराए पनि मतगणना प्रति असन्तुष्ट विधार्थि संगठनहरु बाहिर निकलेर बिरोध गर्दै पुन निर्वाचनको माग गरेका छन।
केहि समुहले मतगणना सुरु गर्नु पर्ने माग गरिरहेका छन भने केहि अदालत सम्म पुगि सकेका छन।
यसै क्रममा अनेस्वबियुको तर्फबाट सभापति पदका उम्मेदवार पवन यादवले उच्च अदालतमा रिट दिएकोमा परमादेश जारी भएको छ । आदेशमा भोलि अर्थात चैत्र १४ गते छलफलको पेशी तोकिएको छ र १५ दिन भित्र ठाकुरराम बहुमुखि क्याम्पसले निवेदक सभापति पदका उम्मेवदार पवन यादवको माग अनुसारको निषेधाज्ञा किन न जारी गर्ने बिषयमा जवाफ माग गरिएको छ । निवेदकको तर्फबाट बरिष्ठ अधिवक्त दिपकराज भण्डारी बहस गर्नु भएको थियो ।
भोलि अर्थात चैत्र १४ गतेको लागि छलफलको पेशी तोकिएको भएपनि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अदालतको आदेश बिपरीत मतगणना सुरु गर्ने तयारीमा रहेका छन ।यसलै झनै बिवाद बढने देखिएको छ । यसै क्रममा पछिल्लो समय निर्वाचन अधिकृतले हिजो राजिनामा समेत दिएका छन । उनको राजिनामा स्वकृति भने नभएको देखिएको छ ।





