
अभिलाष गुप्ता
नवौं प्याब्सन अन्तर विद्यालय जुनियर फुटबल प्रतियोगिताको उपाधि लिटिल फ्लावर माविले प्राप्त गरेको छ ।नवदीप एकेडेमी र लिटिल फ्लावर माविबीच आज भएको अन्तिम खेलमा नवदीपलाई ३–० गोलले लिटिल फ्लावर मावि विजयी भएको हो । विजेता टिमलाई समापन समारोहका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले शील्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा बरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष शुशिला साह,नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश खनाल,बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, प्रेस सेन्टर नेपालका मधेस प्रदेशका अध्यक्ष नीरज पिठाकोटे मगर, सामाजिक अभियन्ता प्रकाश थारू,शिक्षक शुल्भ केसि एवं विभिन्न मिडिया बाट आएका संचारकर्मी लगायतकाहरुको उपस्थित रहेको थियो ।
प्रतियोगितामा नवदीप एकेडेमी दोस्रो, ठोरी एकेडेमी तेस्रो र ज्ञानज्योती माविले सान्त्वना हासिल गरेका छन् । कार्यक्रमको सहजीकरण प्याब्सनका सचिव अशोक संग्रौलाले गर्नुभएको थियो।




