
राहुल गुप्ता
वीरगन्ज। सशस्त्र प्रहरी बल,पर्साले २५ लाख भन्दा बढिको अबैध कपडा बरामद गरेको छ। सुचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज बाट खटिएको टोलिले अबैध कपडा बरामद गरेको हो।
वीरगन्ज भन्सार कार्यालय पर्साको सहयोगमा जिल्ला पर्सा वीरगन्ज महानगरपालिका-०६ महाविर स्थानबाट चाचान मार्केटमा रहेको शिवम ईम्पोरियम पसल र सोहि चाचान मार्केटको पुर्वपट्टी त्रिभुवन राजपथमा रहेको बाबुलाल चाचानको पुरानो घरको ग्राउण्ड फ्लोरमा अवैध रुपमा गोदाम गरि राखेको मुल्य रु.२५,११,५३० ।बरावरको कपडा बरामद गरि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल पर्सा नं १३ गणका सशस्त्र प्रहरी नायव उपरीक्षक एंव सुचना अधिकारी नरेन्द्र सिंह धामीले जानकारी गराए।
आफ्नो प्रतिक्रिया दिनुहोस




