चैते छठ पर्वको दोश्रो दिन खरना गरिँदै

परिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकामना पुरा हुने उद्देश्यलये मनाइने सूर्य आराधनाको पर्व चैती छठ को रौनक बढेको छ । कार्तिक र चैत्र महिनामा छठ पर्व मनाइन्छ । कार्तिकको छठ पर्व मुख्य छठ पर्व मान्ने चलन रहेपनि केही वर्ष यता चैती छठ मान्नेको संख्या पनि बढ्दो छ । चैती छठलाई मिनी छठ पर्वको रुपमा लिने गरिएको छ ।

पर्सा सदरमुकाम बिरगंज स्थित घडिअर्वा पोखरी साथै जिल्ला स्थित विभिन्न जलाशय किनारमा बनाइएको घाटमा चैती छठमा व्रतालु र दर्शनार्थीको भीड लाग्ने गर्छ । चैती छठ पर्वको धार्मिक विधि सनिवार देखि शुरु भइसकेको छ । महान चैते छठ पर्वको आइतबार दोश्रो दिन खरना गरिँदै छ । पर्वको पहिलो दिन सनिवार नहान–खान गरि शुद्ध भई ब्रत बस्न सुरु गरेका ब्रतालुहरुले आइतबार दिन भरि भोकै बसेर बेलुकी दुध र सक्खरमा बनाईएको खिर तथा रोटी खाएर खरना गर्दै छन् ।

जसलाई रसियाव रोटी पनि भनिन्छ । सोमबार संझिया घाट(अस्ताउँदो सूर्यको पूजा) गरिनेछ भन्ने मंगलबार बिहानी घाटमा उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुने पण्डितको भनाई छ । यता चैती छठ पर्वको अन्तिम तयारीमा रहेका व्रतालु तथा भक्तजन छठ पूजाका लागि विभिन्न सामग्री किन्न र पुजा घाट सजाउन व्यस्त देखिएका छन् । जुनसुकै जति र धर्मका मान्छेले मनाउने यो पर्व आर्थिक अभाव रहेकाहरुले भिक्षा मागेर पनि मान्ने गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close