वर्डफ्लूको प्रकोप रोक्न Rapid Action Team गठन गरी भोलीदेखि नै अनुगमन कार्य शुरु हुने

वर्डफ्लूको प्रकोप रोक्न Rapid Action Team गठन गरी भोलीदेखि नै अनुगमन कार्य शुरु हुने

राहुल गुप्ता
जिल्ला प्रशासन कार्यलय पर्साका प्रमुख गणेश अर्यालको अध्यक्षतामा सिमा क्षेत्र बाट हुने अबैध पैठारीका लागि प्रतिवन्धित कुखुरा, चल्ला र सेतो अण्डा रोक्न सरोकारवालाहरु संग बैठक बसि छलफल भएको छ ।

पछिल्लो समय छिमेकी मुलुकमा वर्डफ्लूको प्रकोप फैलिरहेको सन्दर्भमा सीमावर्ती क्षेत्रमा भारतीय भूमिबाट सेतो अण्डा, कुखुरा लगायतका पदार्थहरुको अवैध आयातलाई तत्काल नियन्त्रण गर्न Rapid Action Team गठन गरी भोलीदेखि नै अनुगमन कार्य शुरु गर्ने निर्णय भएको छ ।

भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र,पर्साका प्रमुख डा. राज कुमार शाहको संयोजकत्वमा RAT।(Rapid Action Team) गठन गरी भोलीदेखि नै अनुगमन कार्य शुरु गर्ने जिल्ला प्रशासनका प्रमुख अर्यालले बताए । यसका लागी सरोकारवाला सबैले आफूलाई प्राप्त सूचना तथा जानकारी एक आपसमा आदानप्रदान गर्ने ,आन्तरिक बजारमा यस्ता पदार्थको उपभोग एवं बेचबिखन कार्यलाई निरुत्साहित गर्न छलफल समेत भएको छ ।

गठन गरिएको टोलीमा जिल्ला प्रशासन कार्यालय, पर्साका खरिदार कृष्णा कुमार कुशवाहा, नेपाल प्रहरीका जुनियर अधिकृत प्रतिनिधि, सशस्त्र प्रहरी बल नेपालका जुनियर अधिकृत प्रतिनिधि, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ पर्साकी शिवानी कलवार र नेपाल लेयर्स कुखुरा पालक सङ्घ, पर्साका विनोद पोखरेल सदस्य रहेका छन् ।

अनुगमनको क्रममा प्राप्त वस्तुस्थितिको आधारमा सम्बन्धित पक्षलाई कारवाही गर्ने र प्रस्तुत निर्णय सर्वसाधारणको जानकारीको लागि प्रकाशन प्रसारण गर्ने समेत निर्णय भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close