
विरगंजमा टाटाको कर्भ ईभी, नेक्सन के ३ ईभी र टाटा सफारी एक कार्यक्रमका बिच सार्वजनिक गरेको भएको छ।
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभि नेक्सन के ३ इभि र टाटा सफारी विरगंजमा लन्च गरेको
छ।
विरगंज स्थित प्राइम मोटर्समा बहुप्रतीक्षित गाडीहरु कर्भ इभि नेक्सन के३ र टाटा सफारी AutoTraders लन्च भएका छन् । सो कार्यक्रममा मधेश प्रदेशका भुमि व्यवस्था तथा कृषी मन्त्रि, मदेश प्रदेश जनार्दन सिंह क्षेत्रीको साथै सिप्रदी ट्रेडिङ्ग प्रा लि.का तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त
जंग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको प्रमुख अतिथित्व रहेको थियो।
कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले आज विरगंजमा टाटाका नंया गाडीहरु लन्च गर्न पाउँदा अत्यन्त उत्साहित छौं। अब ग्राहकहरुले नेपालको बाटो सुहाउँदो सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट र इच्छा नुसारले रोज्न सक्नु हुन्छ । र बिक्रिपछिको सेवाको लागि सिप्रदी तत्पर लागिरहेको छ। त्यसैले टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नंया गाडीहरु ढुक्क भएर लिन सक्नु हुन्छ । सिप्रदीको सुरुवात देखि नै बिक्रिपछिको सेवालाई जोड दिदै आएको हो र आज ४४ + वर्ष पछि पनि त्यसलाई निरन्तरता दिदै गाडीको बिक्रिपछिको सेवाहरु सर्भिस र चार्जिङ्ग नेटवर्कलाई प्राथमिकतामा रहेको बताए।
त्यस्तै प्राइम मोटर्सका प्रोपाइटर सुवोध सापकोटाले विरगंजमा टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्सित भएको बताए । विशेषगरि भारतमा निकै रुचाइएकोbटाटा कर्भ इभिको धेरै ग्राहकहरु प्रतीक्षा गरिरहनु भएको र आजबाट गाडी डेलिभरी गर्न पाउँदा
उत्साहित भएको कुरा सुवोध सापकोटाले बताए ।
आजबाट विरगंजको ग्राहकहरुले शोरुममा गएर लन्च भएको गाडीहरु कर्भ इभि नेक्सन के ३ र टाटा सफारीको टेस्ट ड्राइभ गर्न सक्नु हुने बताए।




