ठाकुर राम क्याम्पसमा स्व.वि.यु चुनावको लागि जय नेपाल विद्यार्थी संय घोषणापत्र सार्वजनिक

ठाकुर राम क्याम्पसमा स्व.वि.यु चुनावको लागि जय नेपाल विद्यार्थी संय घोषणापत्र सार्वजनिक

ठाकुर राम बहुमुखी क्याम्पसमा स्व.बि.यु चुनावको मध्य नजर गर्दै जय नेपाल विद्यार्थी संघ राजु गुप्ताको प्यानलले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । स्ववियु निर्वाचन लक्षित विशेष प्रतिबद्धता–पत्र सार्वजनिक गरेको हो ।

विधार्थीकाे शैक्षिक हकहितकाे आवाज उठाउन ,शिक्षककाे मान प्रतिष्ठा,मयार्दा जाेगाई राख्न , कर्मचारी प्रती मित्रवत व्यवहार बनाई राख्न ,विधार्थीलाई शैक्षिकसत्र भित्र समयमै नि:शुल्क र जेहेन्दार छात्रवृत्ति उपलब्ध गराउन , सुवर्ण हेल्थ क्लिनिकमा Doctor राख्न तथा Ambulance संचालन गर्न ,पुस्तकालयमा विधार्थी संख्या र Syllabus अनुसार New Edition काे किताब उपलब्ध गराउन घोषणापत्रमा उल्लेख छ ।

त्यसतै E-Library तथा Computer Lab व्यवस्थित गराउन विज्ञान संकायकाे चन्द्र बहादुर श्रेष्ठ छात्रवृत्ति समयमै उपलब्ध गराउन, दुबै भवन तर्फ शुद्ध खानेपानी,पंखा,टेबुल डेस्क तथा रंगरोगनकाे स्तराेन्नती गराउन ,प्रत्येक कक्षाकाेठामा Projector,CC Camera तथा Smart Board जडान गराउन ,विधार्थीकाे सीप तथा व्यक्तित्व विकासकाे विभिन्न तालिम तथा खेलकुद गराउन, वी.पी. Book Bank संचालन गराउन ,Girl’s Hostel तथा Boy’s Hostel काे मर्मतसम्भार तथा पुन: निर्माण गराउन ,सम्पूर्ण संकायमा Uniform लागू गराउन, कर्मचारी तथा प्राध्यापक निवासकाे मर्मतसम्भार गराउन।

क्याम्पस पूर्वाधार सुधारका लागि दुबै भवनतर्फ शुद्ध खानेपानी, पंखा, टेबल-डेस्क, रंगरोगनको व्यवस्था। नयाँ Canteen निर्माण तथा पुरानो क्यान्टिन व्यवस्थित गर्ने। दुबै भवनमा सुव्यवस्थित Parking व्यवस्था गर्ने।अध्ययन-अध्यापन सहज, कोर्स समयमै पूरा र परीक्षा मर्यादित गर्ने। छुट्टै ठूलो परीक्षा भवन निर्माण गर्ने लगायत विभिन्न योजनाहरु घोषणापत्र सार्वजनिक गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close