
वीरगंज, १४ चैत ।
नेपाल निजामती कर्मचारी यूनियन पर्सा ले पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी लाइ ज्ञापन पत्र
बुझाएको छ।
स्वच्छ, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, उत्तरदायी र सहभागिता मूलक राज्यबाट प्रदान हुने सेवा–सुविधामा जनताको सहज र समान पहुँच हुने । देश संघीय राज्य व्यवस्थामा गएको लामो समयसम्म पनि संघीय शासन प्रणालीको कार्यान्वयनको लागी संघ, प्रदेश तथा स्थानीय तहको कर्मचारी प्रशासन व्यवस्थापन एवं मार्ग दर्शन गर्ने कानूनको रुपमा रहेको संघीय निजामती सेवा ऐन जारी नहुदाँ मुलुकको सार्वजनिक प्रशासन अन्योल र स्थिरताको भुमरीमा परेको छ ।
सार्वजनिक सेवा प्रवाहको प्रमुख माध्यमको आवश्यतका रहेको छ ।
समग्र कर्मचारीको साझा हित र निजामतीमा प्रशासनको मार्गदर्शनको रुपा रहेको ऐन निर्माणको प्रतिकृयामा सरोकारवाला पक्षहरुको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेकोले यस्ता विषयमा सम्बन्धित पक्षहरुसंग सघन छलफलको आवश्यकता रहेको छ ।
सेवा प्रवाहलाई चुस्त दुरुस्त, प्रभावकारी, पारदर्शी एवं नागरिक मैत्री गराउने कार्यमा सहयोग पुग्ने गरी ऐन जारी गर्ने र सो ऐनले नेपालको प्रशासन विकासमा कोशो ढुंगाको रुपमा भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौं भन्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
ज्ञापन पत्रमा पर्सा जिल्ला का प्रमुख जिल्ला अधिकारी उमेश ढकाल लाइ लाइ बुझाएका छन।ज्ञापन पत्र बुझाउने क्रममा नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति पर्सा ले केन्द्रिय कार्य समिति उपाध्यक्ष अशोक कुमार रौनियार को प्रमुख अतिथि तथा विशिष्ट अतिथि निबर्तमान केन्द्रिय उपाध्यक्ष मनोज तिवारी अतिथिहरु केन्द्रिय सदस्य अजय लाल कर्ण, इन्दिरा लोहनी,गौरीशंकर गुप्ता, दारीका प्रसाद कानू, सृजना चौधरी, कलाम हुुसैन, देवनाथ साह, सुलमान देवान, नरेश प्रसाद चौहान, उपाध्यक्ष धिरेन्द्र कुमार सिंह, सचिव दिपेन्द्र प्रसाद चौरसीया लगाएतको कर्मचारी टोली जिल्ला अध्यक्ष विजय कुमार गुप्ताको अध्यक्षतामा ज्ञापन पत्र बुझाएको थियो ।