
पवन प्रसाद साह
वीरगंज, पर्सा
नेपाल शिक्षक महासंघ सँग आबद्ध शिक्षक मञ्च लोकतान्त्रिक शिक्षक युनियन र नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेसन एकिकृत भइ बनेको राष्ट्रिय शिक्षक मञ्च को पर्सा जिल्ला संयोजक मा प्रदिप प्रसाद साह ले जिम्मेवारी पाएका छन।
मिती २०७८ पुष ९ गते सुक्रबार दिन राष्ट्रिय शिक्षक मञ्च पर्सा को तदर्थ समिति को संयोजक उमेश ठाकुर को ठाउँमा राष्ट्रिय शिक्षक मञ्च को केन्द्रिय कार्य समितिको निर्णय अनुसार नेपाल राष्ट्रिय आधारभुत बिधालय प्रसौनि बिर्ता वीरगंज महानगरपालिका वडा नं २३ का शिक्षक प्रदिप प्रसाद साह लाइ राष्ट्रिय शिक्षक मञ्च पर्सा जिल्ला संयोजक मा न्युत्क गरिएको जारी प्रेस विज्ञप्ति मा उल्लेख गरिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस




