वीरगन्ज महानगरपालिकाले फेरि गर्‍यो नगर प्रहरी र फायर म्यानमा करार नियुक्ति, उम्मेदवारहरूमा फेरि पहिलाको जस्तै निकालिने डर

वीरगन्ज महानगरपालिकाले फेरि गर्‍यो नगर प्रहरी र फायर म्यानमा करार नियुक्ति, उम्मेदवारहरूमा फेरि पहिलाको जस्तै निकालिने डर

वीरगन्ज, २ बैशाख — वीरगन्ज महानगरपालिकाले नगर प्रहरी र फायर म्यान पदमा पुनः करार सेवामा कर्मचारी नियुक्त गरेको छ। महानगरपालिकाले हालै सार्वजनिक सूचना प्रकाशित गर्दै नगर प्रहरी जवानमा २५ जना र फायरम्यानमा ७ जना लाइ नियुक्त गर्नका लागि आज नतिजा सार्वजनिक गरेको छ। तर, अघिल्लो अनुभवका कारण सफल भएका उमेदवारहरुना शंका र डर छाइरहेको छ।

यसअघि पनि महानगरले विभिन्न प्रक्रिया बाट करारका कर्मचारी तथा स्वयंसेवक शिक्षकहरु करारमा नियुक्त गरेका अवधि नसकिँदै हटाएको थियो। यसपटक पनि त्यस्तै हुने हो कि भन्ने डरले धेरैलाई अन्योलमा पारेको छ।

सफल भएका एक उम्मेदवार भन्छन्, “हामीले अघिल्लो पटक पनि आवेदन दिएका थियौं, काम गर्न पाएका थियौं तर केही महिनामै हटाइयो। अहिले फेरि त्यही प्रबृत्ति दोहोरिने हो कि डर लागिरहेको छ।”

महानगरपालिकाले विज्ञापनमा करार अवधि, नवीकरणका सर्तहरू र हटाइने अवस्था प्रस्ट रूपमा उल्लेख नगरेको भन्दै यसमा पारदर्शिताको कमि हुने गरेको छ। नगरप्रहरी तथा फायर म्यान जस्ता संवेदनशील पदमा स्थायीत्वको आवश्यकता भए पनि बारम्बार हुने अस्थायी नियुक्तिले युवाहरूको मनोबलमा असर परेको छ।

स्थानीय स्तरमा बेरोजगारीका कारण धेरै युवाहरू यस्तो अवसरमा आवेदन दिन चाहन्छन्। तर, वीरगन्ज महानगरपालिकाको रवैयाको कारण करार स्थायीत्वबारे समेत स्पष्ट योजना समेत नभएको कारण धेरैको मनमा आशंका हुने गरेको छ ।

यस विषयमा वीरगन्ज महानगरपालिकाले भने औपचारिक प्रतिक्रिया अझै दिएको छैन। यस अघि बिना कारण हटाइएका विभिन्न पदका करार कर्मचारीहरु नियुक्तिमा पारदर्शिता, करार सुरक्षाको ग्यारेन्टी र निष्पक्ष मूल्यांकन प्रणालीको माग गर्ने गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close