चालु आ.व.२०७७/०७८ को ८ महिनामा आई.सि.पी. भन्सारबाट आयात व्यापार घट्यो

चालू आर्थिक वर्ष २०७७÷७८ को ८ महीनामा मुख्य नाका वीरगञ्जस्थित एकीकृत जाँच चौकी भन्सारबाट आयात व्यापार घटेको छ । आईसिपी भन्सारबाट आयात ११ अर्ब रुपैयाँले घट्दा निर्यात करीब ३ अर्ब रुपैयाँले बढेको भन्सारको सूचना प्रविधि शाखाको तथ्यांकमा उल्लेख छ । चालू आर्थिक बर्षको साउनदेखि फागुनसम्मको अवधिमा आईसिपी नाकाबाट ३ खर्ब ६ अर्ब रुपैयाँ मूल्यबराबरको मालसामान भित्रिएको छ । अघिल्लो आर्थिक बर्ष २०७६÷७७ को समीक्षा अवधिमा ३ खर्ब १७ अर्ब रुपैयाँको वस्तु आयात भएको भन्सार अधिकृत रमेश सुकमनीले बताउनुभयो । चालू आर्थिक वर्षको ८ महीनामा आईसिपी नाकाबाट आयात व्यापार करीब ४ प्रतिशतले बढेको छ ।

एकीकृत जाँच चौकी भन्सारको फाईल फोटो
यस अवधिमा निर्यात व्यापारमा तुलनात्मक सुधार देखिएको छ । निकासी व्यापार १० प्रतिशतले बढेको भन्सार अधिकृत सुकमनीले बताउनुभयो । अघिल्लो वर्ष आईसिपी भन्सार हुँदै २३ अर्ब रुपैयाँ बराबरको मालसामान भारत तथा तेश्रो मुलुक निकासी भएको थियो भने यो वर्ष निर्यातकर्ताहरूले २६ अर्ब रुपैयाँको मालसामान भारत र तेस्रो मुलुकतर्फ निकासी गरेको भन्सारको तथ्यांकमा उल्लेख छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close