
पर्सा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गणेश आर्यालले वडा प्रहरी कार्यालय बिर्ताको निरीक्षण तथा अनुगमन गरेका छन्। निरीक्षणको क्रममा उनले कार्यालयको प्रहरी कर्मचारीहरूको व्यक्तिगत टर्न आउट, मेश, व्यारेक भवन, प्रहरी कन्ट्रोल रुम, हिरासत कक्ष तथा सम्पूर्ण शाखाहरूको स्थलगत अवलोकन गरेका थिए।
निरीक्षणको क्रममा प्रमुख जिल्ला अधिकारी आर्यालले कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई प्रेरणादायी तथा अमूल्य नीतिगत निर्देशन प्रदान गरेका थिए। उनले सेवा प्रवाहमा पारदर्शिता, शिस्त, जनमैत्री व्यवहार र कर्तव्यनिष्ठा कायम राख्न विशेष जोड दिएका थिए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रा र शस्त्र प्रहरी बल १३ गणका प्रमुख एसपी राधेश्याम धिमालको उपस्थिति रहेको थियो। वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईंले निरीक्षणको क्रममा कार्यालयका विविध पक्षहरू देखाउन सहयोग गरेका थिए।
प्रमुख जिल्ला अधिकारीद्वारा गरिएको निरीक्षणलाई सुरक्षा प्रशासन तथा जनसेवामा थप प्रभावकारिता ल्याउने उद्देश्यका साथ सकारात्मक कदमका रूपमा हेरिएको छ।




