
२२ औं राष्ट्रिय धान दिवस पर्साको सखुवा प्रसौनी गाँउपालिकामापनि आइबतार हर्षोल्लाशका साथ मनाइएको छ । “धान बालीमा स्वावलम्बन, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ सखखुर्वा प्रसौनी गाँउपालिका वडा नम्बर २ मा गााउपालिकाले आयोजना गरेको धान दिवस कार्यक्रममा पालिका जनप्रतिनिधि,कर्मचारी र स्थानीयको उल्लेख्य संख्यामा सहभागिता थियो ।
स्थानीय महन्द्र दास थारुको खेतमा गाँउपालिका अध्यक्ष जसवन्त यादव,उपाध्यक्ष शर्मिला विष्ट,प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहा लगायतले धान रोपेका थिए । त्यसअघि गाउँपालिका अध्यक्ष यादवले कृषकहरुलाई कोदालो वितरण गर्नुका साथै र गम्छा ओढाई सम्मानपनि गरेका थिए। त्यसपश्चात कार्यक्रममा परम्परागत रुपमा सबैले दही च्युरा खाएका थिए ।
कर्यक्रममा अध्यक्ष यादवले कृषिमा प्रविधिको प्रयोग, समयमै मल–बिउको सुनिश्चितता र कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।गाउँपालिकाले कृषकलार्ई सम्मान तथा कृषिमा आत्मनिर्भर बनाउन तथा कृषकका उत्पादनलाई प्रोत्साहित गर्ने योजनाहरु ल्याउने आश्वासनपनि दिने ।
कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बासुदेव महतो थारु, वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महतो थारु, वडा नम्बर ४ का वडाध्यक्ष मम्हद आरिफ अन्सारी,प्रशासन प्रमुख अरविन्द ठाकुर, लेखा प्रमुख सुमन साह, सामाजिक विकास शाखा प्रमुख विनोद यादव, स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार लगायतकाकोपनि सहभागिता थियो।