वीरगञ्जमा मोहरम कार्यक्रमको स्थानबारे दुईवटा फरक अनुरोध : एक समुदायको आस्थामाथि खेलवाड?

वीरगञ्जमा मोहरम कार्यक्रमको स्थानबारे दुईवटा फरक अनुरोध : एक समुदायको आस्थामाथि खेलवाड?

वीरगञ्जमा मोहरमको अवसरमा आयोजना गरिने परम्परागत बाना भाज्ने कार्यक्रमको स्थान परिवर्तनबारे स्थानीय प्रशासन र महानगरपालिकाबीच फरक–फरक अनुरोध सार्वजनिक भएपछि एक समुदायमा अन्योल र आक्रोश फैलिएको छ।

वीरगञ्ज महानगरपालिकाले २०८१/०३/२१ मा जिल्ला प्रशासन कार्यालयलाई लेखी पठाएको पत्रमा आदर्शनगर रंगशालामा खेलकुद र सार्वजनिक कार्यक्रम अरु कार्यक्रम गर्न रोक लगाइएको ले दिने निर्णय भएको उल्लेख गरिएको छ। यस निर्णयको आधारमा मोहरम जस्ता पर्वको लागि सार्वजनिक स्थान पुरानो बसपार्कमा कार्यक्रम गर्न पत्र जारी गरेको छ।

तर अर्कोतर्फ, जिल्ला प्रशासन कार्यालय पर्साले २०८१/०३/२० मा जारी गरेको पत्रमा भने वीरगञ्ज महानगरपालिका लाइ अनुरोध गर्दै आदर्शनगर रंगशाला नै सुरक्षित स्थल भएकाले सोही स्थानमा कार्यक्रम गर्न अनुमति दिन उल्लेख गरिएको छ।

यसबीच, नगरप्रमुख र उनका नजिकका केही व्यक्तिहरूको सामाजिक सञ्जालमा देखिएको गतिविधिले थप विवाद जन्माएको छ। एकातिर मेयर आफैंले ‘आफ्नो निर्देशन मा’ भन्दै भगवान श्री रामको झन्डा हटाउने निर्देशन दिएको दाबी गर्छन्, अर्कोतिर उनका समर्थक पत्रकारहरू प्रशासनको निर्देशन भन्दै झूटो प्रचार गरिरहेका छन्। यसले समुदाय विशेषको आस्थामाथि दोहोरो व्यवहार र राजनीतिक स्वार्थपूर्ति गर्ने प्रयास भएको शंका उत्पन्न गराएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close