
नेबि संघ पर्साद्वारा बिभेदकारी नागरिकता बिधेयक फिर्ताको माग गर्दै दबाब स्वरुप बिरगंजमा बिरोध प्रदर्शन ।
बिरगंज , असार ०८ गते सोमबार ।
बिभेदकारी,असक्षम र दमनकारी सरकारले बिभेदकारी नागरिकता विधेक ल्याएर सम्पुर्ण मधेसी जनता माथी पुनः वार गरेको छ । यसको विरुद्धमा देशब्यापी रुपमा हरेक नागरिक , राजनीतिक दल र संघ-संस्थाले बिरोध गरेकोले आज सोमबार ने.बि.संघ जिल्ला कार्य समिति पर्साले घन्टाघर नजिक बिहान १० बजे बिभेदकारी नागरिकता बिधेक फिर्ता गर्न दबाब स्वरुप बिरोध प्रदर्सन गरेका छन् । ने.बि.संघ पर्साको कार्यवाहक सभापति बिकेश पटेलको नेतृत्वमा भएको बिरोध प्रदर्सनमा उपाध्यक्ष सन्जिव मिश्रा , सह-सचिव दिपक पटेल ,पर्सागढि नगर सभापति मन्जिव मिश्रा , जिल्ला सदस्य बिट्टु अहेमद , रन्जन राम ,सन्जिव राम ,प्रवना पटेल लगायत विभिन्न विद्यार्थी नेताहरुको उपस्तिथि रहेको थियो ।




