
बिरगंज स्थित बसपार्क क्षेत्रमा खुलेआम यौन व्यवसाय र मानव–तस्करी भइरहेको समाचार प्राप्त भएको छ।यस्तो गतिविधि कानूनी,सामाजिक र मानवीय दृष्टिले गम्भीर अपराध हो।
बसपार्क क्षेत्रमा शान्ती शुरक्षा व्यवस्थाको लागी प्रहरी चौकी भएतापनी यौन व्यवसाय रोकिएको छैन।समाचार स्रोतका भनाइ अनुसार कतिपय होटलमा प्रहरीकै मिलेमतो भएको भन्ने आरोप उठेको छ।
पूर्वका सबै मुख्य बजारबाट विभिन्न शहर र राजधानी आउने जाने गाडीहरूको ठूलो स्टेसन हो बिरगंज। यौनधन्दामा पनि यो अगाडि छ । यहाँको बसपार्कका अधिकांश होटल, रेस्टुरेन्टमा यौन कारोबार हुन्छ । बसपार्कबाहेक लिंक रोड सबैतिर खोलिएका साना छाप्रा रेस्टुरेन्टको मुख्य काम यौनधन्दा हो ।
पूरै देशमा व्यवसायकै रूपमा या जबरजस्ती सेक्स व्यापार गैरकानूनी हो, र मानव–तस्करी नियन्त्रण ऐन, २०६४ बमोजिम यसलाई दण्डनीय अपराध मानिन्छ ।
विभिन्न ठाउबाट शहर झरेका चेली र केही भारतीय युवती पैसासँग शरीर साटिरहेका हुन्छन् ।
नेपाल र भारतका मात्र होइनन्,अन्य देशका नागरिकसमेत जमघट हुने यो ठाउँमा खुल्लमखुल्ला यौनधन्दा चल्ने गर्छ ।यौन व्यवसाय रोकन सम्बन्धित निकयको ध्यान जान आवश्यक देखिन्छ।




