नारायणी अस्पतालमा पूर्वमन्त्री र गाउँपालिका अध्यक्षद्वारा AC हस्तान्तरण

नारायणी अस्पतालमा पूर्वमन्त्री र गाउँपालिका अध्यक्षद्वारा AC हस्तान्तरण

राहुल गुप्ता
नारायणी अस्पतालमा सेवा प्रवाहलाई थप सहज, गुणस्तरीय र बिरामीमैत्री बनाउन आज विभिन्न निकायहरूबाट वातानुकूलन (AC) प्रणाली हस्तान्तरण गरिएको छ।

पूर्वमन्त्री रमेश रिजालले अस्पतालमा LG ब्रान्डका ६ वटा AC प्रदान गर्दै अस्पतालको भौतिक पूर्वाधार तथा बिरामीहरूका लागि सहज वातावरण आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले यस्तो सहयोगले स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी,जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले ३ वटा AC र जीराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले पनि ३ वटा AC हस्तान्तरण गर्नुभयो।

संपूर्ण AC अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासलाई औपचारिक कार्यक्रममार्फत प्रदान गरिएको हो।

नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताले सबै सहयोगी निकायहरूलाई धन्यवाद दिंदै भने, “नारायणी अस्पतालको सेवा आधुनिक र बिरामीमैत्री बनाउने हाम्रो अभियानमा यस्ता सहकार्यहरू अत्यन्त प्रेरणादायी छन्। हामी सबै सहयोगी हातहरूप्रति आभारी छौं।”

वर्तमानमा अस्पतालमा बिरामीको चाप तीव्र रूपमा बढिरहेको छ। यस्तो अवस्थामा शीतल वातारणमा उपचार सेवा उपलब्ध गराउनु स्वास्थ्य सुरक्षाको दृष्टिले पनि महत्त्वपूर्ण रहेको विज्ञहरू बताउँछन्।

अस्पताल प्रशासनले यस्ता सहयोगका लागि आभार प्रकट गर्दै आगामी दिनहरूमा पनि निरन्तर सहकार्यको अपेक्षा राखेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close