पर्साबाट आँफै सरुवा मागेर गृह मन्त्रालयमा गएका अर्याल बने चितवनकाे सीडीओ

पर्साबाट आँफै सरुवा मागेर गृह मन्त्रालयमा गएका अर्याल बने चितवनकाे सीडीओ

पर्साबाट हालै गृहमन्त्रालयमा सरुवा भएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्याललाई गृहमन्त्रालयले चितवनमा पठाएको छ।

गृहमन्त्रालयले बुधबार चितवनमा अर्याललाई र भाेजपुरकाे सीडीओमा शिवलाल तिवारीलाई पठाएको हाे।

भदाैं ४ गते गृहमन्त्रालयले पर्साका तात्कालिन सीडीओ अर्यालसहित २४ जिल्लाका सीडीओकाे सरुवा गरेको थियाे ।त्यसबेला चितवनमा भने सीडीओ रिक्त राखिएको थियो ।

रुपन्देहीबाट सरुवा भई पर्सामा २०८१ कार्तिक १२ गते आएका सीडीओ अर्यालको गृहले भदाैं ४ गते मन्त्रालयमा सरुवा गरेर उनको स्थानमा पर्सामा पाल्पा जिल्लाका सीडीओ तोयनारायण सुबेदीलाई पठाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close