
पर्सागढी नगरपर्सागढी नगरपालिका, पर्सामा आइतबार दिउँसो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (प्रप्रअ) राजु साह र वडा नं ६ का अध्यक्ष नवलकिशोर प्रसाद कलवारबीच कार्यकक्षमै वादविवाद भएको छ। वादविवाद क्रमशः चर्किँदै गएपछि हात हालाहालको स्थिति बनेको हो।
विवादको मूल कारण वडा नं ६ का लागि बिनियोजन गरिएको बिजुली बल्ब जडान योजनाको कार्यदेश सम्बन्धी विषय र कार्यालय सहयोगीको सरुवा रहेको बताइएको छ। प्रप्रअ साहका अनुसार खरिद आदेश भएपछि प्राविधिक र सम्बन्धित शाखाका कर्मचारीको निगरानिमा काम गर्नुपर्ने हो तर वार्ड अध्यक्षले लागत अनुमानलाई वेवास्ता गरि काम गर्ने, सम्बन्धित कर्मचारीलाई काम गर्दा कुनै खबर नगर्ने र जबरदस्ति भुक्तानि गर्न दबाव दिने गरेका छन। उनका भनाइअनुसार वडा अध्यक्षले कार्यालयको मर्यादा बिर्सेर अपशब्द प्रयोग गर्दै हातपातको प्रयास गरेपछि आफू आत्मरक्षामा उत्रिन बाध्य भएको बताउनुभयो । सोहि क्रममा वार्ड अध्यक्षले कुटाई खानुपरेको छ ।
यो योजनामा मेरो कुनै व्यक्तिगत स्वार्थ छैन,” प्रप्रअ साहले भने। उनले आरोपित कमिशनको विषयलाई अस्वीकार गर्दै वडा अध्यक्षको आरोप निराधार रहेको स्पष्ट पारे। बिना कुनै स्वार्थ कार्यपालिकाबाट निर्णय गराई वार्ड अध्यक्षको दुई बर्ष पुराना भुक्तानिहरु, भत्ता र प्रशासनिक खर्च म आएपछि गरिदिएको हो । मेरो मनमा पाप भए म दुई बर्ष पुराना भुक्तानि किन गर्थे कार्यालय प्रमुखले थपनुभयो ।
यसैबीच स्थानीयवासीले समेत वडा अध्यक्ष कलवारको व्यवहारप्रति असन्तोष प्रकट गरेका छन्। पटक–पटक अदालत र प्रहरीसम्म मुद्दा र विवादमा तानिने, थुनामा जाने, गाउँघरमै मानिसहरुसँग दुर्व्यवहार गर्ने गरेको भन्दै उनको व्यवहारले स्थानीयलाई पीडित बनाएको जनाइएको छ। कतिपय जनताको नागरिकता र सामाजिक शुरक्षा भत्ता कार्ड नविकरणमा सहि नगरि जनतालाई दुःख दिने गरेका छन ।
वार्डमा खटाइएका का.स. हबिब मियाको हातबाट म पानी खादिन तुरुन्त मुस्लिम का.स. सरुवा गर भनदै हाकिसंग झोकिएपछि हाकिमले मेरो अगाडि धार्मिक भेदभावको कुरा गर्ने भन्दै बिरोध गरेपछि विवाद बढेको थियो ।
यस घटनामा प्रप्रअ साहले भने शान्तिपूर्ण समाधानको पक्ष लिँदै वडा अध्यक्षले आफ्नो गल्ती स्वीकार गरी माफी मागे विवाद स्वतः समाप्त हुने धारणा राखेका छन्।




