
जमुनाहा सइ थारुको निर्देशनमा घुमुवाहरु वरिष्ठ हवलदार खत्री र हवलदार डांगीको रकम असुली धन्दा जारी
बाँके । नेपाल भारतको सीमावर्ती क्षेत्र जमुनाहा क्षेत्रमा यतिबेला ईलाका प्रहरी कार्यालय जमुनाहा प्रहरीको अवैध असुली कार्य बढ्दै, जमुनाहा क्षेत्रबाट अवैध भन्सार छलिको समानहरुको रकम असुली कार्यको अखडा जस्तो बनेको छ ।
नेपाल भारतको सीमाबाट आवत जावत गर्ने
कार्य जारी छ । यस बीच जमुनाहा प्रहरी चौकी कार्यालयबाट तैनाथ प्रहरीले सानोबाटो थोरै खुल्ला राखी सर्वसाधारणको घुईचो लगाउने गरेको छ ।
अहिले जमुनाहा प्रहरी चौकी नजिक कुनै प्रकारको रक्सी पसल होस् वा पान पसल,
नास्ता पसल बढी रकम कमाउने उद्देश्यले
प्रायः सबै पसलहरुले आफ्नो यहाँ साईकल, मोटरसाईकल रिक्सा स्टैण्ड स्थापना गरेका छन् ।
यस्ता धेरै स्टैण्डमा प्रति मोटरसाईकलको शुल्क २०। र हेलमेटको अतिरिक्त शुल्क लिईने गरिएको असुली गर्ने गरेको देखिएको छ ।
यस्तो अवैध असुली जमुनाहा प्रहरी चौकी अगाडी मात्र भईरहेको छैन । जमुनाहा प्रहरी चौकीको भित्री बाटोबाट सर्वसाधारणले ५/१० के.जी. खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री ल्याउँदा प्रहरीलाई केही रकम दिनु पर्ने बाध्यता छ ।
यस्तै स्थिति जमुनाहा प्रहरी चौकी पछाडी रहेको बाटोमा पनि छ । जमुनाहा पछाडीको बाटोबाट पनि अधिकांश व्यक्ति आउने जाने गरेका छन् । थोरै सरसामान ल्याउँदा प्रहरीलाई रकम दिईने बाध्यता छ । प्रहरीलाई रकम नदिए कुनै प्रकारको दैनिक उपभोग्य सा
मग्री ल्याउन नसक्ने अवस्था त्यहाँ छ । ईलाका प्रहरी कार्यालय जमुनाहाबाट तैनाथ करिब २ बर्ष देखि बस्दै आएका प्रहरी नायब निरीक्षक (सइ) जयबहादुर थारुको कमान्ड र निर्देशनमा जमुनाहा घुमुवा (इन्चार्ज) वरिष्ठ हवलदार गोपाल खत्री र (हवलदार) नरेश डांगी बिगत डेढ बर्ष देखि ईलाका प्रहरी कार्यालय जमुनाहामा घुमुवाको रुपमा तस्करीहरुसंग
रकम असुली गर्न जाने गरेको समाचार प्राप्त भएको छ । अवैध असुली कार्यले गर्दा जमुनाहा क्षेत्र पुरै भन्सार रोड नै बदनाम भई सकेको छ ।
नेपाल भारत सीमाको गेट छिर्दै नै पहिले जमुनहा प्रहरी सर्वसाधारणसँग रकम असुली गर्छ, त्यसपछि नेपालगन्ज भन्सार यात्रु शाखामा तैनाथ प्रहरीले विभिन्न निहँुमा रकम असुली गर्ने गर्छ । ५/१० के.जी. खाद्यान्न ल्याउँदा पनि १०० रुपैया तिर्नुपर्ने बाध्यता छ । जमुनहा क्षेत्रमा यति खेर जमुनाहा प्रहरी घुमुवाहरु वरिष्ठ हवलदार गोपाल खत्री र हवलदार नरेश डांगीले
प्रायः सबै पसलहरुबाट रकम असुली गर्ने गरेको जमुनाहाका ब्यापारीहरुले नाम नबताउने सहमतिमा बताएका छ्न ।
लामो समयसम्म प्रहरी चौकी जैसपुर र ईलाका प्रहरी कार्यालय जमुनाहामा कार्यरत प्रहरी नायव निरीक्षक (सइ) जयबहादुर थारूको निर्देशनमा जमुनाहा घुमुवा (इन्चार्ज) वरिष्ठ हवलदार गोपाल खत्री र हवलदार नरेश डांगीले दशगजाबाट तस्करीको समानहरु आफू चढने पल्सरको 220 बाईक र स्कुटीमा समानहरु बोक्ने गरेको अवैध असुली कार्य बढ्दै गएपछि त्यहाँको सर्वसाधारणमा आक्रोश बढ्दै गएको छ ।
अवैध असुली कार्य बढ्दै गएको तर त्यस्तो अवैध असुली कार्य गर्ने प्रहरीहरुमाथि छानबीन र कारवाही नगरिएकोले केही दिन भित्रै ईलाका प्रहरी कार्यालय जमुनाहा प्रहरी विरुद्ध संघर्ष बढ्ने सम्भावना रहेको छ ।
यता जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा भएर आउनु भएका एसपी अंगुर जिसीको आउन साथमा अपराधी गतिविधि चोरी अबैध तस्करी फरार अपराधी जुवातास जघन्य अपराध लागूऔषध विभिन्न होटलहरुमा यौन धन्दा लगायतको कामलाई कानुन अनुसार नियम गर्दै नेपाल प्रहरी संगठनको नाम उच्च राखेको बेला एसपी जिसीलाई कुनै जानकारी नदिएर (सइ) र थारू र घुमुवा इन्चार्ज वरिष्ठ हवलदार खत्री र हवलदार डांगी पैसा असुली कार्यमा ब्यस्त छ्न ।
सम्पूर्ण प्रमाणहरु मिडिया हाउसको अफिसमा सुरक्षित रहेको छ ।




