भारत बाट आएका १३ जना लाइ वडा अध्यक्ष सुखरानी कुमारी देबी को सक्रियता मा श्री द्वार देबी मा•बि को कवारेनटाइनमा राखियो

भारत बाट आएका १३ जना लाइ वडा अध्यक्ष सुखरानी कुमारी देबी को सक्रियता मा श्री द्वार देबी मा•बि को कवारेनटाइनमा राखियो

पवन प्रसाद साह
जेठ ४ गते ,बिरगंज, पर्सा । भारतकाे बैंगलाेरबाट वीरगंज महानगरपालिकाकाे वडा नं. १७ अलाैंमा आज आइपुगेका १३ जनालाई क्वारेनटाइनमा राखिएकाे छ ।

१० दिन पहिला बैंगलाेरबाट हिडेका अलाैं निवासी ति १३ जना युवा कामदारहरुलाई ४ दिन पहिला भारतकाे हरइया भने ठाउँमा आइपुगेका थिए । हरइयाकाे स्थित सिमानाका भएर नेपाल प्रबेश गर्न खाेजेका तिनिहरुलाई भारतिय एसएसबीले त्यहीं राेकेकाे थियाे ।

स्थानियहरुका अनुसार भारतिय एसएसबिले सिमानाका मै राेकी ४ दिन सम्म हरइया, धुपवाटाेल स्थित खेत मै राखेकाे थियाे । २ दिन सम्म भाेकै प्यास रहेका तिनिहरुलाई आज सशस्त्र प्रहरी बेस क्याम्प अलाैंका प्रहरी निरिक्षक रबि थापाले आफ्नाे जिम्मामा बुझी तथा सिर्सिया प्रहरी चौकी का सई प्रकास रावत को सहयोग मा अलाैं लिएर आएको बिरगंज म न पा वार्ड नं. १७ अलौं की वडा अध्यक्ष सुखरानी कुमारी देबी ले बताउनु भयो ।
वडा अध्यक्ष देबी को सक्रियता मा श्री द्वार देबी मा•बि अलाैं बनाएको कवारेनटाइन मा वीरगंज महानगरपालिका द्वारा सेनिटाइज गरिएको र वडा नं१७ कि अध्यक्ष तथा अध्यक्ष पति बिरेनदर प्रसाद यादव को तर्फबाट कवारेनटाइन को सम्पूर्ण ब्यवसथापन गरेको वडा अध्यक्ष देबी ले बताउनु भयो ।

बैंगलाेरबाट घर आउनका लागि तिनिहरुका अभिभावकले भारु एक लाख पठाएकाे थियाे । त्यही पैसाबाट तिनिहरु बस रिजर्फ गरी भारतकाे सहरइया आइपुगेका थिए । नेपालकाे सिमा क्षेत्रमा रहेकाे भारतकाे हरइया आइपुगेका बारे तिनिहरुकाे अभिभावलाई थाह भए पछि आफ्नाे छाेराेहरुलाई नेपाल ल्याइदिन ति अभिभावहरु विभिन्न ठाउँमा दुई दिन देखी पहल थालेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close