
जेनजी आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकमा भएको आगजनी, तोडफोड र लुटपाटपछि सुरक्षाको मोर्चामा सक्रिय बनेका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहको नेतृत्वमा जिल्लाभरि ‘कडा कारबाही’ अभियान तीव्र रूपमा अघि बढिरहेको छ।
एसपी शाहको निर्देशनमा प्रहरीले जिल्लामा भएका आपराधिक घटना, भवन तथा सरकारी–निजी संरचनामाथिका आक्रमण र लुटपाट प्रकरणका आरोपीहरूलाई धमाधम पक्राउ गर्न सफल भएको जिल्ला प्रहरीले जनाएको छ।
१८ वटा संरचनामा ठूलो क्षति शाहको टोली उच्च सतर्कतामा
जेनजी आन्दोलनका बेला काभ्रेपलाञ्चोकका १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो नोक्सानी पुगेको थियो। घटना व्यापक, ठाउँ–ठाउँमा एकैपटक भएको र प्रमाण संकलन चुनौतीपूर्ण रहेपनि एसपी शाहले ‘कुनै पनि दोषी उम्कन नपाउने’प्रतिबद्धता बनाएर अनुसन्धानलाई तीव्र पारेका छन्।
एसपी शाहको निर्देशनमा थप ५ पक्राउ
प्रहरीले पछिल्लो चरणमा उपद्रव, आगजनी र लुटपाटमा संलग्न ५ जना अतिरिक्त व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा अजय तामाङ (२१), धुलिखेल–३
,विशाल भोलन (२१), खानीखोला–१,रविन्द्र परियार (२२), बनेपा–३,अभि सुधाकार (१९), बनेपा–८,भीम तामाङ (२७), जिरी नगरपालिका–१ यीमध्ये भोलनमाथि २०८१ मा लागुऔषध मुद्दा र सुधाकारमाथि २०७९ को सवारी ज्यान मुद्दा दर्ता भइसकेको थियो।
‘विशेष अनुसन्धान’ मा एसपी शाह – पारदर्शीसहित कडा नियन्त्रणमा जोड
सार्वजनिक उजुरीका आधारमा जिल्लाभरि चलिरहेको विशेष अनुसन्धानबारे बोल्दै एसपी कोमल शाहले भने:
“कुनै पनि निजी वा सरकारी सम्पत्ति नोक्सान हुने गरी गरिएका आपराधिक गतिविधि क्षम्य छैनन्। प्रमाण संकलनदेखि आरोपित पहिचानसम्मको प्रक्रिया कडा निगरानीमा छ।”
शाहका अनुसार केही घटनामा उपद्रवकारीहरूलाई “अपराधिक उपद्रव” मुद्दामा म्याद थप गरी हिरासतमा राखिएको छ।
यसअघि बनेपा क्षेत्रमा भएको तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न ११ जनालाई पहिले नै पक्राउ गरी अनुसन्धान भइरहेको छ।
यस्तै, जेनजी आन्दोलनकै समयमा विभिन्न कारागारबाट भागेका ५३ जना कैदीबन्दी पनि शाहकै संयोजनमा काभ्रेपलाञ्चोकबाट समातेर कारागार धुलिखेलमार्फत सम्बन्धित निकायमा बुझाइएको थियो।
अपराध नियन्त्रण, फरारहरूको खोजी र आन्दोलनमा बिग्रिएको सार्वजनिक सुरक्षालाई सन्तुलनमा ल्याउन एसपी कोमल शाहको सक्रियता, कडाइ र पारदर्शी अनुसन्धान हाल काभ्रेपलाञ्चोकमा चर्को रूपमा देखिएको छ।
स्थानीयवासी तथा सुरक्षा विश्लेषकहरूका अनुसार, शाहको नेतृत्वले जिल्लामा कानून शासनप्रति जनविश्वास पुनःस्थापित गरेको मूल्यांकन गरिएको छ।




