स्वर्गीय चौरसियाको श्रद्धाञ्जली सभा २६ गते हुने ।

पाल कम्युनिस्ट पार्टी विन्दवासिनी गाउँपालिका कमिटीको बैठक सम्पन्न भएको छ । उक्त गाउँपालिका कमिटीको अध्यक्ष बिक्रम चौरसियाको अध्यक्षता र पार्टीको केन्द्रीय सदस्य एवम प्रदेश नं- २ का सह इन्चार्ज नागेन्द्र चौधरी को प्रमुख आतिथ्यमा सम्पन्न बैठक ले कार्तिक २६ गते स्वर्गिय मुकेश चौरसिया को श्रदान्जली सभा बहुअर्वा भठ्ठा मा गर्ने लगायतको विभिन्न निर्णय गरेको छ ।

बैठकले नेकपा पर्साको जिल्ला कमिटी सदस्य एवम सो गाउँपालिका कमिटीका सचिव मुकेश चौरसिया को दाह संस्कार मा सहभागी हुनु भएका सम्पूर्ण न्यायप्रेमी जनसमुदाय , सुरक्षाकर्मी , सञ्चारकर्मी लगायत सम्पूर्णमा आभार प्रकट गरेको कमिटीका अध्यक्ष विक्रम चौरसियाले बताउनु भयो ।

साथै बैठकले पार्टी स्थायी कमिटी , केन्द्रिय कमिटी , प्रदेश कमिटी र जिल्ला कमिटीका नेताहरू मुकेश चौरसिया को मालामिमा सहभागी भई श्रदा सुमन अर्पण गरेको प्रति पनि सम्पूर्णमा आभार प्रकट गरेको छ ।

बैठकमा केन्द्रीय सदस्य एवम पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह र प्रदेश कमिटी सदस्य छोटेलाल यादव लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close