रेडियो वीरगंज ९९ मेगाहर्जको २३औँ वार्षिकोत्सवमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

रेडियो वीरगंज ९९ मेगाहर्जको २३औँ वार्षिकोत्सवमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

मध्य तराईको पहिलो रेडियो रेडियो वीरगंज ९९ मेगाहर्जको २३औँ वार्षिकोत्सवका अवसरमा भारतीय महावाणिज्य दूतावास, वीरगंजको सहकार्यमा एक भव्य रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

शनिबार वीरगंज–२५, मुर्ली बगैचास्थित रेडियो परिसरमा आयोजित कार्यक्रममा २७ महिला सहित २०८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्।

कार्यक्रमको अध्यक्षता रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले गरेका हुन्। कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, सदस्य राहुल गुप्ता, पत्रकार शम्भु कुमार सुमन, माधुरी महतो, सुर्यानारायण विक, श्रवण साह, प्रदीप पण्डित, प्रमोद जयसवाल, सुरज दिप साह, राजेन्द्र भट्टराई, समिर भट्टराई, कुन्दन साह तेली, सिता थापा, मुकेश कुमार साह, चेतना कुमारी अधिकारी, आनन्द कुमार मिश्र, धिरेन्द्र मिश्र, असर्फी राउत गद्दी, शिवकुमार साह लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूले रक्तदान गरेका थिए।

यस अवसरमा भारतीय महावाणिज्य दूतावास, वीरगंजका महावाणिज्यदूत देवी सहाय मीना, संघीय सरकारले पूर्व कानुन मन्त्री अजय चौधरी, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, पूर्व मेयर नितेन्द्र साह, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्साका प्रहरी प्रमुख एसपी सुदिपराज पाठक, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता नेजामुदिन सम्मानी, नेपाली कांग्रेसका युवा नेता लुकेश सिंह, अनिल कुमार साहलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभ राज पाण्डेको नेतृत्वमा प्राविधिक टोलीले सफलतापूर्वक सञ्चालन गरेको थियो।

रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहको भनाइ समाजसेवा नै रेडियो वीरगंजको मूल मूल्य र पहिचान हो।२३औँ वार्षिकोत्सवको अवसरमा रक्तदानजस्तो महत्त्वपूर्ण मानवीय अभियान आयोजना गर्न पाउँदा हामी गौरवान्वित छौँ। २०८ जना दाताहरूले देखाएको उत्साहले वीरगंजको मानवता र एकताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। भविष्यमा पनि रेडियो वीरगंजले समाजहितका कार्यक्रमलाई निरन्तरता दिनेछ।

भारतीय महावाणिज्यदूत देवी सहाय मीनाको भनाइ रक्तदान अभियानले भारत–नेपाल मैत्री सम्बन्धलाई अझ नजिक ल्याउने कार्य गरेको छ। रेडियो वीरगंजसँग सहकार्य गरी यस्तो जीवनदायी कार्यक्रममा सहभागी हुन पाउनु हाम्रो दूतावासका लागि पनि गर्वको विषय हो। रक्तदाताहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि दुवै देशबीचको सहकार्य र सामाजिक सेवा गतिविधि थप प्रगाढ बनाउँदै लैजाने छौँ।”

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close