पाल्पाको केरबारीमा पहिरोले पाँच घर पुरियो, एकको मृत्यु , १ जना बेपत्ता

असिम कामु मगर
पाल्पा । अविरल बर्षाका कारण गएको पहिरोले पाल्पाको तिनाउँ गाउँपालिका ५ केराबारीमा ५ घर पुरिदा १ जनाको ज्यान गएको छ भने एक बालक बेपत्ता भएका छन् ।

कल्याणी आधारभुत बिद्यालय नजिकै रहेको गिट्टिखानीनिर भएको घटनामा अन्दाजी ४५ बर्षिय बीर बहादुर गुरुङ्गको घटना स्थलमै ज्यान गएको हो र पहिरोले ८ वर्षिय बालक आरब परियार बेपत्ता भएको छ ।

बिहान साढे ३ बजे तिर आएको पहिरोले हरी दर्लामी, सुजा परियार, नरबहादुर राना, बीर बहादुर गुरुङ्ग र बल बहादुर पुनको गरि ५ घर पुरिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

नजिकैको कल्याणी आधारभुत बिद्यालयमा पहिरोले घाईते भएकाहरुको उपचार भैरहेको छ र बिस्थापित हरुलाई पनि सोही बिद्यालय मै राखिएको स्थानीयले जनाएका छन् ।

हिजो रातीदेखि निरन्तर रुपमा परेको बर्षाले पाल्पा बुटवल सडकको सिद्धार्थ राजमार्ग समेत बन्द भएको छ । पहिरो हटाएर बन्द बाटो सुचारु गर्ने प्रयास भैरहेको पाल्पा प्रहरी कार्यालयले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close