सिंहदरबार दक्षिणगेटमा सेयर लगानीकर्ता–प्रहरी धकेलाधकेल, आयल निगम अगाडि प्रदर्शन

AI Photo

सेयर बजारमा आज ठूलो गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा झरेको छ, जुन अघिल्लो कारोबारको तुलनामा ३.७९ प्रतिशतले कम हो। बजार निरन्तर ओरालो लागेपछि लगानीकर्तामा अन्योल र त्रास बढेको छ।

यसैबीच, घट्दो बजारको विरोधमा शेयर लगानीकर्ताहरु सिंहदरबारतर्फ प्रदर्शनका लागि गएका थिए। दक्षिणगेट अगाडि लगानीकर्ता र प्रहरीबीच धकेलाधकेल भएको छ। तिलक कोइराला र विकास श्रेष्ठसहितको समूह त्यहाँ पुगेपछि प्रहरीले उनीहरुलाई अघि बढ्न रोकेको थियो।

प्रहरीको अवरोधपछि लगानीकर्ताहरु आयल निगम अगाडि पुगेर विरोध प्रदर्शन गरिरहेका छन्। बजारमा आएको तीव्र गिरावट र नीतिगत अन्योलका कारण लगानीकर्ताहरु आक्रोशित बनेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close