नेपाल पत्रकार महासंघको सुदृढीकरणका लागि संघर्ष समिति गठन

नेपाल पत्रकार महासंघको सुदृढीकरणका लागि संघर्ष समिति गठन

नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण तथा सुदृढीकरणको मागलाई प्रभावकारी बनाउन संघर्ष समिति गठन गरिएको छ। महासंघले विधान तथा मापदण्ड विपरीत सदस्यता वितरण गरेको भन्दै विगत २०७२ सालदेखि पेशागत पत्रकारिता गर्दै आएका पत्रकारहरूलाई सदस्यता शुद्धीकरणको दायराभित्र ल्याउन दबाब दिने उद्देश्यले समिति गठन गरिएको जनाइएको छ।

हालै बसेको भेलाले अनुप तिवारीको संयोजकत्वमा संघर्ष समिति गठन गर्ने निर्णय गरेको हो। समितिको सह–संयोजकमा शेखर छतकुलि रहेका छन् भने सदस्यहरूमा लालकिशोर सिंह, विरेन्द्र साह (हिटलर),आशिक अंसारी आरसी यादव, धर्मेन्द्र चौरसिया,ग्यासु मियाँ देवान, नरेश यादव , पन्नालाल साह, कृष्ण कुशवाहा, राजेन्द्र सिंह, सन्तोष पटेल, ज्योतिलाल पडित तथा चिरञ्जीवी यादव रहेका छन्।

भेलाले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरणका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने तथा सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाउने निर्णय समेत गरेको जनाएको छ। साथै नयाँ सदस्यता वितरण लागि दबाब मुलक कार्यक्रम रहेको सुदृढीकरण समितिका संयोजक अनुप तिवारीले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close