
वीरगञ्ज, पर्सा । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यमा निर्वाचित विश्वनाथ खनाल, पर्सा जिल्ला खेलकुद विकास समितिका सदस्य दीपक साह कानु, तथा वन पैदावार आपूर्ति समिति पर्साका जिल्ला सदस्यद्वय मिन्टु देवी सिंह र रामनिवास यादव नियुक्त भएको अवसरमा जय नेपाल फाउण्डेशन पर्साले सम्मान तथा चियापान कार्यक्रम आयोजना गरेको छ।
वीरगञ्जस्थित होटल कैलाशमा आयोजित कार्यक्रममा नवनिर्वाचित तथा नियुक्त पदाधिकारीहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले विभिन्न क्षेत्रमा जिम्मेवारी प्राप्त गरेका व्यक्तिहरूले आफ्नो कार्यकालमा जिल्लाको विकास, खेलकुद प्रवर्द्धन, वन व्यवस्थापन तथा निजी क्षेत्रको हितमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य शम्भु चौहान, पूर्व जिल्ला सह–सचिव रोशन लामिछाने, महाधिवेशन प्रतिनिधि सन्तोष कुमार सिंह, जिल्ला सदस्य हरिन्द्र यादव, नेपाली कांग्रेस वीरगञ्ज महानगर समितिका सभापति मनिन्द्र नेपाली, उपसभापति सन्तोष कुमार गुप्ता कानु, जय नेपाल फाउण्डेशन पर्साका जिल्ला सचिव सुदर्शन लामिछाने, क्षेत्रीय सभापति पृथ्वी आलोक कुशवाहा, जिल्ला सह–सचिव इन्द्राशन यादव, जिल्ला कोषाध्यक्ष सन्तोषी देवी खातिवडा, प्रीति सिंह, मनोज गुप्ता, नेपाल विद्यार्थी संघका पूर्व इकाई सभापति मनोज साह, बाबुनन्द पटेल, सुशील गुप्ता लगायतको उपस्थिति रहेको थियो।
जय नेपाल फाउण्डेशन पर्साका प्रेस सल्लाहकार राहुल गुप्ताका अनुसार कार्यक्रमले नवनिर्वाचित तथा नियुक्त व्यक्तिहरूलाई बधाई ज्ञापन गर्नुका साथै उनीहरूको सफल कार्यकालको शुभकामना व्यक्त गर्ने उद्देश्य राखेको थियो।



