
वीरगन्ज, पर्सा — देशको प्रमुख सहरमध्ये एक वीरगन्ज अहिले खानेपानीको चरम संकटबाट गुज्रिरहेको छ। गर्मीको चपेटा, जनसंख्या वृद्धिको दबाब र दीर्घकालीन योजना अभावका कारण सहरका हजारौं घरपरिवार पानीको एक एक थोपा खोज्दै भौँतारिन बाध्य छन्।
खासगरी खानेपानी संस्थानको संचालक समिति सदस्य तथा वीरगन्ज महानगरका मेयर राजेशमान सिंहको नेतृत्वमाथि प्रश्न उठ्न थालेको छ। सिंहले पटक–पटक खानेपानी समस्या समाधानको आश्वासन दिए पनि त्यो व्यवहारमा कहिल्यै देखिएन।
स्थान–स्थानमा चर्को पानीको हाहाकार छ। कतिपय वडामा एक हप्तासम्म पनि नलमा पानी नआउने, आएको पानी फोहोरी र स्वास्थ्यका लागि हानिकारक हुने गुनासोहरू आम छन्।
स्थानीय बासिन्दा भन्छन् — “घोषणामा विकास छ, व्यवहारमा प्यास छ। मेयरज्यूले खानेपानी संस्थानमा बसेर पनि आफ्नै सहरमा पानी ल्याउन नसक्नु दुर्भाग्य हो।”
आफ्नो प्रतिक्रिया दिनुहोस




