भ्रष्ट प्रवृतिका लेखा प्रमुख दिनेश पण्डितद्धारा थप राजस्व दम्पच गरिएको प्रमाण बाहिरिने क्रम जारी, नियमनकारी निकाय सुतेको सुत्यै !

भ्रष्ट प्रवृतिका लेखा प्रमुख दिनेश पण्डितद्धारा थप राजस्व दम्पच गरिएको प्रमाण बाहिरिने क्रम जारी, नियमनकारी निकाय सुतेको सुत्यै !

यातायात व्यवस्था कार्यालय पर्सा वीरगंजका लेखा प्रमुख दिनेश प्रसाद पण्डितद्धारा थप राजस्व दम्पच गरिएको प्रमाण बाहिरिने क्रम जारी रहे पनि नियमनकारी निकाय सुतेको सुत्यै जस्तै गरिरहेको आभाष हुन थालेको छ ।

यातायातको लेखा फाँटमा लेखा प्रमुख पण्डितको निर्देशनमा छैठौ तहका सहायक अधिकृत अबिनाश गुप्ता, खरिदार अशोक यादव, कार्यालय सहयोगीमा नियुक्त भनिएका कथित कार्यालय सहयोगी रमेश पटेल र उमेश दासको संलग्नतामा नेपाल सरकारको राजस्व दम्पच भईरहेको स्रोतको कथन रहेको छ । भ्रष्ट प्रवृतिका लेखा प्रमुख पण्डितको निर्देशनमा दैनिक करिब ५ लाख राजस्व दम्पच भईरहेको स्रोतले जनाएको छ ।

यातायात व्यवस्था कार्यविधि निर्देशिका अनुसार लेखा प्रमुख कर निर्धारण समितिका प्रमुख रहने प्रावधान रहेको हुनाले पण्डितको प्रत्यक्ष निर्देशनमा कार्यालय सहयोगी भनिएका रमेश पटेल मार्फत नेपाल सरकारको राजस्व दम्पच गर्ने गरिएको बताईन्छ । ना ६५ प ७८९१ को सवारी २०८१/११/१८ गते र ना ४५ प ५११८ को सवारी २०८१/१०/१८ गतेको मितिमा राजस्व दम्पच गरिएको तथा सोही मितिमा सवारी धनीको उपस्थित बिना प्रतिलिपी दिईएको र सनाखत नामसारी गरि ढाडामा बिचौलिया मार्फत नक्कली दायाँ बायाँ लगाईएको र प्राविधिक प्रतिवेदन नरहेको समाचार स्रोतको भनाई रहेको छ ।

ना ६५ प ७८९१ र ना ४५ प ५११८ को सवारीमा प्राविधिक प्रतिवेदन नरहेकोले रङ्ग परिवर्तन (हेरफेर) न्युन्तम दस्तुर प्रति सवारी ७०५० लिनु पर्नेमा सो नगरी लेखा प्रमुख पण्डितको निर्देशनमा रमेश पटेलले प्रति सवारी १०५० मात्र लिई करिब १२ हजार राजस्व दम्पच गरिएको प्रमाणले पुष्टि गरेको छ ।

लेखा प्रमुख पण्डितलाई मधेश प्रदेश अर्थ मन्त्रालयले २०८१/६/१३ गते पत्र बनाई बढीमा ३ महिनाको लागि काजमा वीरगंज यातायात कार्यालयमा पठाएको थियो । पण्डितको अवधि २०८१ पुस मसान्तमै बिते पनि तत्कालिन अर्थ मन्त्री र अर्थ सचिवलाई मोटो रकम खुवाउदै वीरगंज यातायातमा बसी करोडौं कमाउन सफल व्यक्तिको रुपमा चिनिएका छन् । पण्डितको दरबन्दी उद्योग विभाग वीरगंजमा भए पनि उनी यातायात कार्यालयमा थपमा खटिदै आएका छन् ।

विशेषगरी लेखा प्रमुख पण्डित र कथित कार्यालय सहयोगी पटेलको मिलोमतोमा दैनिक करिब ५ लाख सरकारको राजस्व दम्पच गर्दै करोडौं कमाएको चर्चा कार्यालय भित्र हुने गरेको बताईन्छ ।

सेवाग्रहीहरुले सो कार्यालय निर रहेको ग्लोबल आईएमई बैंकमा राजस्वको रकम दाखिला गरेर लेखा शाखामा नगदी रसिद लिन जाँदा लेखा प्रमुख पण्डितको निर्देशनमा रमेश पटेलले अनावश्यक झमेला खडा गरी घुसको रकम असुलने गरेको बताईन्छ ।

जबकी लेखा शाखालाई बैंक दाखिला भएको रकमको दोस्रो प्रति भौचर फाँटमा प्राप्त भए पछि कार्यालयले RMIS सँग भिडान गरी आम्दानी जनाई नगदी रसिद काटनु पर्ने व्यवस्था रहेको छ । सो लेखा फाँटमा दैनिक अथवा मासिक रुपमा RMIS भिडान गर्दा कुनै पनि हिसाब नमिली धेरै रकमको फरक पर्ने गरेको बताईन्छ ।

रमेश पटेलले कैयौं लेखनदासहरु सँग दर्जनौं गाडीहरुको रकम म बैंकमा अनलाईन बुझाई दिन्छु भन्दै कैयौं सँग एकमुष्ट नगद र कैयौं सँग आफ्नो खातामा मगाई केही गाडीहरुको रकम बुझाई केहीको नगदी रसिदमा अर्कै सेवाग्रहीहरुको भौचर नम्बर लेखि नगदी रसिद काटी सरकारको राजस्व दम्पच गर्ने गरेको बताईन्छ । सो फाँटमा बैंकमा जम्मा भएको भौचरको रकम र नगदी रसिद काटिएको रकममा बढी नगदी रसिदको नै रकम देखिने गरिएको बताईन्छ ।

भ्रष्टाचारका मामिलामा गन्हाईसकेका पण्डित र पटेलले सरकारको राजस्व दम्पच गर्दै “एनिहाउ पैसा कमाउ” अभियानमा लागेर अकुत्त सम्पत्ति कमाए पनि मधेश प्रदेश अर्थ मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग लगायतका नियमनकारी निकायहरुले छानबिन गरी यथाशिघ्र कारवाही प्रक्रिया अगाडि नबढाउंदा सरकारको राजस्व अझ कत्ति दम्पच हुने हो ? यकिन भन्न नसकिने पण्डित र पटेलका निकतवर्तीहरु बताउंदछन् ।

नियमनकारी निकायले कारवाही प्रक्रिया अगाडि बढाएको खण्डमा पण्डित र पटेलको मिलीभगतमा राजस्व दम्पच गरिएको दर्जनौ प्रमाणहरु यस अनलाईन सँग सुरक्षित रहेको हुनाले मागिएको खण्डमा उपलब्ध गराउन प्रतिबद्ध छौं । source :- Pardafas Daily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close