बिहारको बाँकीपुर उपनिर्वाचनमा भाजपाको लज्जास्पद हार, जन सुराजका प्रशान्त किशोर विजयी

बिहारको बाँकीपुर उपनिर्वाचनमा भाजपाको लज्जास्पद हार, जन सुराजका प्रशान्त किशोर विजयी

भारतको बिहार राज्यको बाँकीपुर विधानसभा सिटको उपनिर्वाचनमा जन सुराजका संस्थापक प्रशान्त किशोर विजयी भएका छन्।

विगत ३० वर्षदेखि भारतीय जनता पार्टी (भाजपा) को प्रभाव रहेको बाँकीपुरमा प्रशान्त किशोरले भाजपाका उम्मेदवार नीरज सिन्हालाई झण्डै २० हजार मतान्तरले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेका हुन्। यस निर्वाचनका लागि जुलाई ३० मा मतदान भएको थियो।

सोमबार साँझ सार्वजनिक अन्तिम मतपरिणामअनुसार प्रशान्त किशोरले ६६ हजार २०३ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका निकटतम प्रतिद्वन्द्वी भाजपाका नीरज सिन्हाले ४४ हजार २५० मत पाए भने राष्ट्रिय जनता दल (राजद) की उम्मेदवार रेखा गुप्ताले १४ हजार ८५ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भइन्।

बिहारको राजधानी पटनास्थित बाँकीपुर विधानसभा क्षेत्र भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको परम्परागत निर्वाचन क्षेत्र मानिन्छ। उनी यस क्षेत्रबाट लगातार पाँच पटक विधायक निर्वाचित भएका थिए। सन् २०२५ को विधानसभा निर्वाचनमा करिब ५० हजार मतान्तरले विजयी भएका नितिन नवीन पार्टीको राष्ट्रिय अध्यक्ष बनेपछि विधायक पदबाट राजीनामा दिएका थिए। त्यसपछि रिक्त भएको उक्त सिटमा उपनिर्वाचन सम्पन्न भएको हो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close