वीरगन्ज महानगर प्रहरी प्रमुख भुसाललाई जिम्मेवारीबाट हटाइयो

वीरगन्ज महानगर प्रहरी प्रमुख भुसाललाई जिम्मेवारीबाट हटाइयो

वीरगन्ज महानगरपालिकाका नगर प्रहरी निरीक्षक हरि भुसाललाई नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएको छ।

विशेष अदालतबाट सफाई पाएपछि महानगरको मेयर पदमा स्वतः बहाल भई पुन पदभार ग्रहण गरेका मेयर राजेशमान सिंहले नगर प्रहरी निरीक्षक भुसाललाई नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएका हुन् । यस्तै नगर प्रहरी नायब निरीक्षक लक्ष्मण लुइटेलको पनि जिम्मेवारी खोसिएको छ ।

असोज १ गतेदेखि लागू हुने गरी नगर प्रहरी निरीक्षक भुसाल र नगर प्रहरी नायब निरीक्षक लुइटेललाई जिम्मेवारीबाट हटाइएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले पनि पुष्टि गरे ।

नेपाल प्रहरीको प्रहरी नायब निरीक्षकबाट अवकाशप्राप्त भुसाललाई यसअघिका तत्कालीन मेयर विजयकुमार सरावगीको कार्यकालमा नगर प्रहरी प्रमुखमा नियुक्त गरिएको थियो ।भुसाल र लुइटेललाई जिम्मेवारीबाट हटाउनुको कारण भने वीरगन्ज महानगरपालिकाले सार्वजनिक गरेको छैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close