बिरगंज बजार अनुगमन तीब्र , उपभोक्ता ठगी गर्ने तीन फर्मलाई उपभोक्ता ऎन २०७५ बमोजिम कार्वाही ।

अजित भुजेल

बिरगंज , फागुन १२ गते बुधबार ।

जिल्ला प्रसाशन कार्यलय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको नेतुत्वमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा का निरीक्षण अधिकृत जित बहादुर भण्डारी, उपभोत्ता हित संरक्षण मंच पर्सा, कन्जुमर आई नेपाल, बिरगंज उद्योग वाणिज्य संघ, पत्रकार महासंघको प्रतिनिधि सहितको सन्युक्त टोलिले वीरगञ्ज बजार अनुगमन गरेको छ ।
बजार अनुगमन गर्ने क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उपभोक्ता ठगि गर्ने तीन फर्मलाई तत्काल जरिवाना गरिएको छ ।

बिरगंज वडा न.१० स्थित आई नेट प्रा.लि. लाई मूल्य सूची नराखेकोले रु. ५०,०००/-(पचास हजार मात्र )जरिवाना गरिएको थियो भने सोहि वडामा रहेको आदित्य ईन्फोटेक, वीरगञ्जले खरिद बिल नदेखाएकोले रु. २०,०००/- (बीस हजार मात्र) जरिवाना र बिरगंज वडा न.९ स्थित गगन ट्रेडिङ्ग हाउसले वास्तविक मूल्य भन्दा बढीमा सामान बिक्री गरीएकोले रु.२,००,०००/-(दुई लाख मात्र ) तत्काल जरिवाना गरिएको छ उक्त जरिवाना रकम ७ (सात) दिन भित्र राष्ट्रिय वाणिज्य बैंक मा जम्मा गर्न निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंज पर्साका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिनुभयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close