श्रीमानको हत्या आशंकामा श्रीमती पक्राउ  

श्रीमानको हत्या आशंकामा श्रीमती पक्राउ

उर्मिला यादव
जेष्ठ १४

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा श्रीमानको हत्या गरेको आशंकामा मृतकको श्रीमती पक्राउ परेकी छन् । प्रतापपुर गाउँपालिका वडा नम्बर ९ बस्ने अन्दाजी ३७ वर्षीय धर्मराज मुखिया चौधरी मृत अवस्थामा फेला परेपछि प्रहरीले उनकी श्रीमती ३६वर्षीय पार्वती देवी चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
प्रहरीका अनुसार मुखिया बेलाटारी स्थीत आफ्नै घर भित्र मगंलबार मृत अवस्थामा फेला परेका थिए । उनको घाँटीमा निल डाम,टाउकोमा चोट देखिएको छ भने दुवै हातको नाडी काटिएको थियो। घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनु भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close