उपभोक्ता ठगी गर्ने तरकारी तथा फलफूल पसललाई जरिवाना ।

बिरगंज , भदौ १० गते बुधबार ।

निषेधाज्ञाको मौका छोपी बिरगंजमा बढी मुल्य लिई बिक्री गर्ने तरकारी तथा फलफूल पसललाई जरिवाना गरिएको छ ।
उपभोक्ताहरुको गुनासोलाई मध्य नजर गर्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय,जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीद्वारा आज वीरगंज महानगर पालिका माईस्थान स्थित रहेको विभिन्न तरकारी तथा फलफुल पसल हरुलाई अनुगमन गरिएको थियो ।
अनुगमन गर्दा मूल्य सूची नराखेको तथा खरिद र बिक्री विल उपलब्ध गराउन नसकेका तपशिल बमोजिमका पसलहरुलाई निम्न बमोजिमको जरिवाना गरिएको तथा तरकारी तथा फलफुलहरुको कालोबारी तथा मूल्य बृद्धि नगरी विक्रि वितरण गर्ने भनी निर्देशन दिईएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका नायब सुब्बा एवं सूचना अधिकृत दिलुप खगले जानकारी गराउनु भयो । यदी त्यस्तो गरेको पाईकोमा कानून बमोजिम कारवाही हुने सबैमा सूचित गरिन्छ ।
तपशिल
१. चन्द्रकिशोर ट्रेडर्स-मिनाबजार – जरिवाना रकम रु. २०,००० (विस हजार)
२. शिव देवी ट्रेडर्स- मिनाबजार- जरिवाना रकम रु. २०,००० (विस हजार)
३. माँ जगदम्बा फ्रुट सेन्टर- जरिवाना रकम रु. १०,००० (दश हजार)

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close