
नेपालको सम्बन्ध दाजु भाईको हो, दुई मुलुक बसेर छलफलबाटै समाधान खोज्छौ :- रक्षामन्त्री सिंह
गौशाला , जेष्ठ १७ गते शनिबार ।
नेपाली भूमिमा सडक बनाएर अतिक्रमण गरेर उल्टै आरोप र कुप्रचारमा भारतीय मिडिया लागेको , नक्सा जारी गरे पछि वार्ता यसरी हुदैन भनेर चुनौती दिएको भारतले पछिल्लो पटक केही नरम भाषा बोलेको छ ।
नेपाल र भारतबीच सीमा क्षेत्रको भूभागको स्वामित्वलाई लिएर विवाद बढिरहेको बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहले यसलाई दुई मुलुक बसेर समाधान खोज्ने बताएका छन् ।उनै रक्षा मन्त्रीले मे ८ मा नेपाली भूमिमा भारतले खनेको सडक उद्घाटन गरेका थिए ।
शनिबार एक भारतीय टेलिभिजन च्यानलमा अन्तर्वार्ता दिँदै उनले भनेका छन्, ‘नेपालसँगको सम्बन्धको प्रश्न छ, हाम्रो दाजुभाईको सम्बन्ध छ, पारिवारिक सम्बन्ध छ। यदी कहीँ कतै भ्रम वा गलत असमझदारी छ भने हामी नेपालसँग बसेर छलफलबाटै समाधान खोज्छौँ,’ उनले भनेका छन्।
टेलिभिजन प्रस्तोताले के चीनले नेपाललाई उकासी रहेको छ भनि सोधेको प्रश्नको जवाफमा उनले कसले उकासी रहेको छ भन्ने विषयमा अफूले आरोप नलगाउने, तर नेपालसँग कुनै फरक मत भएमा बसेर सुल्झाउने बताए। चीनले भारतलाई नेपाल, श्रीलंका, माल्दिभ्सहुँदै चारैतर्फबाट घेर्न खोजेको हो भन्ने प्रश्नको जवाफमा उनले भारत कसैले घेराबन्दीमा पारेर वा डराउन खोजेर डराउने मुलुक नभएको बताएका छन्।भारतीय रक्षामन्त्री सिंहले गत बैशाख २६ मा नेपालको भूभाग लिपुलेकहुँदै कैलाश मानसरोवर जोडने सडक भिडियो कन्फरेन्समार्फत उद्घघाटन गरेपछि दुई मुलुकबीच विवाद चर्किदै गएको छ।
यस विषयमा नेपालले भारतीय राजदूतलाई बोलाएर कुटनीतिक नोट समेत बुझाइसकेको छ। भारतसँग वार्ताका लागि नेपालले गरेको प्रयासमा भारतले चासो नदेखाएपछि नेपालले भारतले अतिक्रमण गरेरको भूभाग समेटेर नयाँ नक्सा समेत सार्वजनिक गरिसकेको छ।




