राहत वितरणमा विवाद हुँदा ९ राउण्ड हवाई फायर, डीएसपीसहित ८ घाइते

सिरहा। सिरहाको मिर्चैया नगरपालिका–७ स्थित फुलबरियामा राहतमा विभेद गरिएको भन्दै स्थानीयले गरेको प्रदर्शनका क्रममा झडप भएको छ ।

स्थानीयका विरोधका बावजुत वडा कार्यालयले राहत वितरण सुरु गरेपछि स्थानीयले ढुङ्गामुढा गरेका थिए । त्यसपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन ९ राउण्ड हवाईफायर  र ३ राउण्ड अश्रृग्यास प्रहार गरेको छ ।
झडप नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर र ३ राउण्ड अश्रृग्याँस प्रहार गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

झडपमा डीएसपी सन्तु जयसवालसहित ८ जना समान्य घाइते भएका छन् । घाइतेमध्ये प्रहरी ५ जना र स्थानीय ३ जना रहेका छन् । सवैको स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ ।

स्थानीयको अनुसार राहात वितरणका विषयमा वडा कार्यलयमा विगत एक हप्तादेखि मतमतान्तर हुँदै आएको थियो । जनप्रतिनीधि र दलहका प्रतिनिधीधिबीच मत नमिलेपछि आइतवार इलाका प्रहरीमा सबै दलका प्रतिनिधि र जनप्रतिधिबीच मझदारी भएको बताइएको छ ।

तर, प्रहरीले करकापमा पारेर दलहरुलाई सहमति गर्न लगाएको दलका एक प्रतिनिधिले बताए । सोही विवाद आज फेरि छताछुल्ल हुन पुगेको थियो ।

जनतासमाजवादी पार्टीका प्रतिनीनिधि हनुमान साहले वडाअध्यक्षका कारण झडप भएको बताए । उनले वडाअध्यक्षले दलीय प्रनिधिलाई वेवास्ता गर्दै आफ्नो आफन्तलाई मात्र राहत वितरण गर्न थालेपछि जनता आक्रोशित भएको बताए ।

प्रदेश सरकार र मिर्चैया नगरपालिकाद्वारा उपलब्ध गराइको दोस्रो चरणको राहत वितरण गर्ने क्रममा केही दलकै प्रतिनिधिहरुले स्थानीयलाई उचालेर राहत वितरणकार्यमा अवरोध गरेको वडा अध्यक्ष रामकुमार यादवले दावी गरे ।
पटक पटक आफूले अहिले छुट्न गएका गरिव विपन्न परिवारको लागि चाँडै अर्को व्यवस्था गर्ने प्रतिवद्धता जनाएपनि नेताको उस्काहटमा ढुङ्गामुढा भएको उनको भनाइ छ।  ratopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close