
दाङ–दाङमा एक जना प्रहरी निरीक्षक कुटिएका छन् । बिहीबार राति १० बजे मापसे जाँचको क्रममा इलाका प्रहरी कार्यालय खिलतपुर दाङमा कार्यरत प्रहरी निरीक्षक मोहनबहादुर केसीलाई ढुंगा प्रहार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।
‘मापसले जाँच गर्न गएको समयमा मदिरा खाएका बावु छोराले ढुंगाले हानेर घाइते बनाए । घटनामा संलग्नलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेर कारबाही अघि बढेको छ’उनले भने–‘घटनाको समेत अनुसन्धान भैरहेको छ ।’
प्रहरीले बबई गाउँपालिका वडा नम्बर ६ निवासी ४५ वर्षीय चित्रहादुर डाँगी र उनका २७ वर्षीय छोरा हेमराज डाँगीलाई पक्राउ गरेको छ ।दुवै जनालाई सार्वजनिक अपराध शीर्षकमा मुद्दा दर्ता गरेर कारबाही अघि बढाइएको छ ।
घाइते प्रहरी निरीक्षकको अवस्था सामान्य रहेको छ ।deshsanchar
आफ्नो प्रतिक्रिया दिनुहोस




